प्रवास

नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलको अध्यक्षमा इमान सिङ तामाङ

पोर्चुगल।
नेपाल राष्ट्रिय तामाङ घेदुङको पोर्चुगलमा राष्ट्रिय भेला हिजो शनिबार सम्पन्न भएको छ।भेलाले पोर्चुगलको कार्यसमिति समेत गठन गरेको छ।

राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पोर्चुगलका लागि केन्द्रीय प्रतिनिधि सुजन लामा, केन्द्रीय सदस्य सागर योञ्जन तामाङको अगुवाइमा उक्त भेला सम्पन्न भएको हो।

नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका लागि इमान सिङ तामाङको अध्यक्षमा एक बरिष्ठ उपाध्यक्ष,एक महिला उपाध्यक्ष,पाँच उपाध्यक्ष,एक महासचिव,एक सचिव,एक सह सचिव,एक कोषाध्यक्ष र एक सह- कोषाध्यक्ष गरी २९ सदस्यको नयाँ कार्यसमिति चयन भएको छ।

उक्त अधिवेशनबाट एक युवा संयोजक,एक सह-युवा संयोजक र एक साँस्कृतिक संयोजक समेत छुट्टाएको छ।


इमान सिङ तामाङको अध्यक्ष रहेको नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलको नवनिर्वाचित कार्यसमितिहरूमा बरिष्ठ उपाध्यक्ष प्रेम गोम्जा,महिला उपाध्यक्षमा निशा तामाङ,उपाध्यक्षमा सबिना मनाङथेन,फुर्बा सिङ दोङ लामा,युवराज लामा,पासाङ लामा र सोनाम लामा रहेका छन् । भने महासचिवमा राजु लामा मोक्तान,सचिवमा निर्मला तामाङ बज्यु,सह सचिवमा पुनम तामाङ,कोषाध्यक्षमा सागर योञ्जन लामा र सह- कोषाध्यक्षमा म्लाङ सिङ तामाङ रहेका हुन्।

युवा संयोजकमा बिकाश लामा,सह-युवा संयोजकमा लोप्साङ लामा र सास्कृतिक संयोजकमा बिकाश तामाङ रहेका छन्।

नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलको नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा सबी लामा लोप्चन,सेर बहादुर तामाङ,बिरेन तामाङ,लक्ष्मी तामाङ,नरजङ तामाङ,बिल मोक्तान,लमिन तामाङ,सुनिल लामा,बुद्धि तामाङ,सुनबिर लामा,साङ,दोर्जे लामा,दावाङ लामा,समिर वाईवा,बिशाल तामाङ सयांङतान,सन्जु मोक्तान,सम्झना तामाङ,सुरेश पाख्रिन,उदाश तामाङ,सोम बहादुर तामाङ,सोमिला लामा बल,राजेश लामा,सुर्य लो तामाङ,नानु मोक्तान,अलिना तामाङ,जित बहादुर तामाङ,मिन तामाङ,दिपक दोङ र रोमीला तामाङ रहेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *