(साइप्रसमा तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम गायक दिपक लिम्बु र रामजी खाँडको साथमा सम्पन्न )
एलिया लिम्बु ।
साइप्रस — नेपालीहरूको चाड तिहार तथा छठपर्वको शुभ अवसरलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा हिजो नोभेम्बर १० तारिख आइतबार तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी नायब उपरीक्षक संयुक्त राष्ट्र शान्ति मिसन साइप्रस रविन्द्रमान गुरुङको प्रमुख अतिथि तथा अध्यक्ष रेसम लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई गोपाल तिमल्सिना र नबिन चौलागाईले औपचारिक रुपमा कार्यक्रम सञ्चालन गरेको थिए भने अनौपचारिक रुपमा भने एलिया लिम्बु र नविन चौलागाईले कार्यक्रम सञ्चालन गरेका थिए।
उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रेशम पाण्डेले दिएका थिए।
उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरू गायक दिपक लिम्बु र रामजी खाँडले साइप्रसमा रहेका नेपाली समुदायलाई नचाएका थिए।
उक्त कार्यक्रममा गायक दिपक लिम्बु र रामजी खाँडले आफ्नो सांगीतिक प्रस्तुति दिँदै गर्दा दर्शकहरूको निकै नै घुइँचो लागेको थियो।साइप्रसमा रहेका विभिन्न संघसंस्थाहरुले गायकहरुलाई सम्मान समेत गरेका थिए।
युरोपेली मुलुक साइप्रसमा निकै सक्रिय रहेको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसले पहिलोपटक नेपालका चर्चित कलाकारहरूको साथमा तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेकोमा खुसी व्यक्त गरेका छन्।
भान्से धमाका नाम दिएको उक्त कार्यक्रम साइप्रसको लिमासोल सहर स्थित त्रिकिस प्यालेसमा आइतबार भएको थियो।
आयोजक अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसले साइप्रसमा रहेका सम्पूर्ण संघसंस्था तथा साइप्रसवासी नेपाली समुदायहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपले सफल पारिदिनु भएकोमा आयोजकले धन्यवाद समेत व्यक्त गरेका छन्।
यस अघि अक्टोबर १३ तारिख हुने भनेको कार्यक्रम केही प्राविधिक त्रुटिका कारणले हिजो नोभेम्बर १० तारिख भएको हो।
उक्त कार्यक्रममा नेपाली सेफहरूद्वारा निर्मित एकदमै टिपिकल नेपाली खानाको पनि व्यवस्था रहेको थियो।
आयोजकले उक्त कार्यक्रमको लागि पच्चीस युरो टिकेटको समेत व्यवस्था गरेको थियो।
कार्यक्रमका केही तस्वीरहरू :