जो जो लपा सहित बेल्जियममा नेपाल सम्बत र म्हपुजा सम्पन्न

ad1 ad1

केजिन राई ।
काजाब्लांका क्यासेल्लो — पासा पुच बेल्जियमका सदस्य प्रिति श्रेष्ठ ( कर्माचार्य) को संयोजकत्वमा पासा पुँच बेल्जियमद्वारा आयोजित यस वर्षको नेपाल सम्बत् अर्थात् न्हू दयां भिन्तुना ११४५ र म्हपूजा कार्यक्रम भब्यताका साथ  रमाइलो बाताबरणमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि बेनेलक्स र युरोरियन युनियनका लागि महामहिम राजदुत राजदुत गेहेन्द्र राजभन्डारीको उपस्थिति रहेको यस कार्यक्रममा बेल्जियमको बिभिन्न शहरमा बसोवास गर्नुहुने नेवारी समुदायका दाजुभाई तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति  रहेको थियो ।

कार्यक्रममा बिशेष गरि नेवारी परम्परा अनुसार सामुहिक म्ह पूजा गरियो र बिभिन्न नेवारी परिकारका खानाहरू संगै गीत, संगीत, नेवारी बाजा धिमे संगै नेवारी पहिरनमा नाच, लंगुर बुर्जा,देउसी भैलोले  थप रमाइलो भएको  थियो।


कार्यक्रम सफल बनाउन हल ब्यबस्थापन देखि  पुजा सामग्री, मन्डप बनाउन, खाना,म्युजिक ब्यवस्थापन साथै सेल रोटी,बारा,मन्डप बनाउने पेपर,पुजाको लागी फुल निशुल्क उपलब्ध गराउनु हुने लगायत आदि ईत्यादि कुरामा सहयोग गर्नु हुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा पासा पुच बेल्जियम धेरै धेरै धन्यवाद ब्यक्त गरेको छ ।

कार्यकर्मको संचालक महासचिव संकर श्रेष्ठ स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष मुना ताम्राकार धन्यवाद ज्ञापन तथा समापन अध्यक्ष सुर्य नारायण श्रेष्ठले गर्नु भअको थियो ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *