पोर्चुगल— पोर्चुगल विश्वको छैटौं देश हो जहाँ अङ्ग्रेजी राम्रो बोलिन्छ त्यो जिल्ला हो ब्रागा,त्यसो भन्दै गर्दा पोर्चुगलमा अरु जिल्लाहरूमा अंग्रेजी भाषा नबोल्ने भन्ने होइन विशेषगरी ब्रागा जिल्लामा पर्यटकहरूको गन्तव्य बनेको कारणले गर्दा पनि त्यो ठाउँमा आफ्नो भाषालाई प्राथमिकतामा राख्दै अंग्रेजी भाषा बोल्ने गरिन्छ।
ब्रागा जिल्लाको कुल क्षेत्रफल १८३.४० किमी रहेको छ। पोर्चुगलमा सरकारी कार्यालयमा जाँदा होस् वा पसल जाँदा होस् प्राय:जसो यहाँ आफ्नो मातृभाषालाई प्राथमिकतामा दिइन्छ भने ब्रागा जिल्लामा अंग्रेजी भाषालाई नै प्राथमिकता दिने गरिन्छ। ब्रागाको विशाल सांस्कृतिक सम्पदा छ, जसको मुख्य विशेषता भनेको युनेस्कोको विश्व सम्पदा स्थल बोम जीसस डो मोन्टेको अभयारण्य हो।
२०१२ मा यो युवाहरूको युरोपेली राजधानीको रूपमा प्रतिष्ठित थियो र २०१८ मा यो खेलकुदको युरोपेली शहर थियो। २०१७ देखि यो UNESCO क्रिएटिभ सिटिज नेटवर्कको हिस्सा भएको छ, मिडिया आर्ट्स श्रेणीमा, र २०१९ मा दोस्रोमा आएपछि २०२१ मा यो वर्षको सर्वश्रेष्ठ युरोपेली गन्तव्य चुनियोको थियो।
पछिल्लो समय पर्यटकहरूको गन्तव्य बनेको ब्रागा जिल्ला अहिले विदेशी भन्दा पनि स्वदेशी पर्यटकहरु धेरै मात्रामा देख्न पाइन्छ।
Leave a Reply