जसमान दर्नाल जिवन ।
जर्मनी — यहीँ नोभेम्बर तीन अर्थात भाइटिकाको दिन क्रोएसिया स्थित धर्म दिदिको हातबाट भाइ टीका लगाउन आफू कार्यरत क्षेत्र क्रोएसियाको सिबिनिक देखि पुला गएका २७ वर्षीय मर्स्याङ्ग्दी गाउपालिका वडा न. ३ लमजुङ स्थाइ घर भएका रु प्रसाद गुरुङको आकस्मिक हृदयघात भै अस्पताल ल्यैजादा ल्यैजादै मृत्यु भएको र उनको शब पठाउन विभिन्न स्थतरबाट पहल भै रहेको थियो।
यसै बिच क्रोसिया समेत हेर्ने अष्टृयाको भियना स्थित नेपाली राजदुतावास र क्रोसिया स्थित विभिन्न संघ सस्थाको सकृय पहलमा मृतक गुरुङ्ग कार्यरत सुपरमार्केट कम्पनी कोन्जुमले शब पठाउन लाग्ने लागत खर्च ७ हजार ७ सय ७ युरो दिए पछि गुरुङको शब नेपाल पठाइएको छ। क्रोएसिया स्थित मृतक गुरुङका बाल सखा समेत रहेका नेपाली जनप्रगतिशिल मन्च क्रोएसियाका महासचिव सुरेन्द्र तमाङ्गले बताए अनुसार टर्किस एरलाइन्स मार्फत गुरुङको शब नेपाल पठाइएको हो।
मृतक गुरुङ १२ लाख खर्चिएर क्रोसिया आएको ८ महिनामा नै मृत्यु भएको कारण उनको परिवारलाई शोक सगै अजङ्गको रिणको भार समेत परेकाले आफुहरुले आफ्नै सदस्यहरु सग संकलन गरेर केहि आर्थिक सहयोग गर्ने पहल भइरहेको नेपाली जनप्रगतिशिल मन्च क्रोसियाका अध्यक्ष लोब्साङ्ग लामाले युरो पाटीलाइ जानकारी दिएका छन। मृतक गुरुङ अबिबाहित हुन भने उनका वृद्ध बाबा आमा र भाइ बहिनी उनकै कमाइमा आश्रीत थिए।
यसै बिच एनआरएनए क्रोएसियाका अध्यक्ष साइमन लामाले एक शोक बक्तब्य जारी गर्दै पछिल्लो समय क्रोएसियामा यस्ता दु:खद घटनाहरु घट्दै जादा आफू अत्यन्तै दुखित र चिन्तित भएको बताएका छन भने मृतक गुरुङ प्रती श्रद्धाञ्जली र उनको शोकाकुल परिवार जनमा समबेदना ब्याक्त गरेका छन।