राष्ट्रिय

पोखरेलले गरे पिडित बस्तिलाइ सहयोग

जसमान दर्नाल जिवन ।

जर्मनी — दशै सम्मुखमा आएको बिपत्ति पुर्ण प्राकृतिक प्रकोप बाडी पीडित बस्तीलाई जर्मनी निवासी सागर पोखरेलले खाने पानी पुननिर्माण गर्न ६२ हजार बराबरको पाइप सहयोग गरेका छन।

सिन्धुली स्थिति शुनकोशी गाउँपालिकामा बाडीको क्षती पछि खानेपानीको समस्या भएको र गाउँपालिका अध्यक्ष दिपा बोहोराले सहयोगको आग्रह गरेपछि आफुले पिडित बस्तिलाइ सहयोग गरेको पोखरेलले बताए।

सिन्धुलीका प्रतिनिधि सभा सदस्य माननीय राजन दहालको उपस्थितमा पोखरेलले एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बोहोरालाई ६२ हजार मुल्यको खानेपानी पाइप शुक्रबार हस्तान्तरण गरेका हुन।

सिन्धुली निवासी पोखरेल एक महिनाको बिदामा घर आउँदा बस्तिको अवस्था क्षतबिक्षत देखेर मन भक्कानिएको हुनाले आफुले बस्तिको पुन निर्माणमा सानो योगदान पुर्याउनु पाउँदा खुशी लागेको बताए।

पोखरेलले गरेको सहयोग लिदै पालिका अध्यक्ष बोहराले सहयोगको लागि धन्यवाद दिनुभयो। अध्यक्ष बोहराले क्षती ग्रस्त बस्ती पुन निर्माणमा स्थानीय सरकार तिब्र गतिमा लागेको हुनाले सबैको साथ र सहयोगको अपेक्षा पनि गर्नु भयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *