एलिया लिम्बु ।
साइप्रस — युरोपेली मुलुक साइप्रसको पाफोसमा गत बिहिबार साँझ तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका २ बट्टारकी मन्जु गुरुङको निधन भएको खबर प्राप्त भएको छ।
बिगत ८/९ बर्ष देखि साइप्रसलाई कर्मथलो बनाइ बसेकी मन्जु गुरुङ केहि महिना अगाडि देखी बिरामी अवस्थामा रहेको तर आफ्नो स्वास्थलाई ख्याल नगरी काममा जाने-आउने भने भैरहेको र गुरुङलाई रोगले ग्रसित भैसके पछि मात्र हस्पिटल गएकी थिइन् ।
–मृ¥त्यु हुने मन्जु गुरुङको तस्बिर
हामीले जानकारी प्राप्त गरे अनुसार,गुरुङको कलेजो ड्यामेज भै सकेको र पछिल्लो समयमा जन्डिसबाट ग्रसित रहेकी गुरुङलाई हस्पिटल लैजाने क्रममा बाटोमा निधन भएको खबर प्राप्त भएको छ।
उक्त घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।
Please follow and like us: