मेटा कम्पनी अन्तर्गतका सामाजिक तथा सन्देशमुलक प्लेटफर्महरुको डाउन भएको सर्भर खुल्न थालेको छ ।बुधबार ८ बजे तिरबाट उक्त समस्या देखिन थालेको हो ।
मेटा कम्पनी अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत विश्वभरका फेसबुक प्रयोगकर्ताहरुले हैरानी ब्यहोरेका थिए ।
अन्तराष्ट्रिय संचार माध्यमका अनुसार, मेटा कम्पनीका साइटहरु डाउन हुँदा तनाव भएको थियो ।
मेटा कम्पनीले भनेको छ, केही प्राविधिक कारणले यस्तो भएको हो । अहिले ९९ प्रतिशत समाधान भइसकेको छ । तर, अझै कतिपय फेसबुक प्रयोगकर्तामा समस्या देखिरहेको छ ।
राष्ट्रिय समाचार डटकमले विश्वभरको समस्या देखिने वित्तिकै यो विषयको जानकारी हिजो रातको (बुधबार) साढे १२ बजे नै प्रकाशित गरेको थियो ।
Please follow and like us: