पोर्चुगल

बिहीबार देखि पोर्चुगलमा राहदानी वितरण कार्य सुरु

पोर्चुगल — लामो समय देखि पेरिस स्थित नेपाली राजदूतावासमा आएर वितरण हुनबाट रोकिएको पोर्चुगलमा बस्ने नेपालीहरुको राहदानी डिसेम्बर १२ बिहीबार देखि वितरण कार्य सुरु भएको छ ।

गएको अगस्ट महिनामा राहदानी नविकरण लगायत कन्सुलर सेवा दिनको लागि राजदुतवास पेरिसबाट टोली आएर घुम्ती शिविर सञ्चालन गरेको थियो । उक्त राहदानी सङ्कलन गरि गएपछि नेपालबाट पेरिस स्थित नेपाली राजदूतावासमा आएर बसिरहेको राहदानी पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूले भोग्नु परेको पीडा,गुनासो र चौतर्फिक आलोचना भएपश्चात १२ डिसेम्बर बिहान पोर्चुगलमा सर्वदलीय बैठक बसेर राहदानी वितरण कार्य सुरु गरेको हो।

सर्वसाधारणहरुले समयमा आफ्नो राहदानी नपाउँदा भोग्नु परेको पीडालाई मध्यनजर गर्दै राजदुत स्वयम पोर्चुगल आएर राहदानी वितरण कार्य सुरु गरेको हो।

सर्वदलीय बैठकमा राजदुतले बताए अनुसार,राहदानी वितरण कार्यलाई प्राथमिकता दिएर अरु थुप्रै कन्सुलर सेवाहरु पनि दिने र प्रत्येक महिना पेरिस स्थित नेपाली राजदूतावासबाट एक दुई जनाको टोली आई पोर्चुगलमा कन्सुलर सेवा दिने समेत बताएका छन्।

उक्त घुम्ती शिविर लिस्वनको Ave Eng.Arantes e Oliveira 5, 1900-221 मा सञ्चालन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *