एलिया लिम्बु ।
साइप्रस — स्थापनाकालदेखि नै साइप्रसमा एक सक्रिय संस्था नेपाल मगर संघ,युरोप शाखा साइप्रसले माघे सकराती विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम मनाउने भएको छ ।
साइप्रसको राजधानी निकोसिया स्थित एन्टोनाकिस म्युजिक हल (Antonakis Music Hall) मा हुने उक्त कार्यक्रम आउदो जनवरी १२ तारिख हुने भएको हो।
स्थानीय कलाकारहरूलाई प्रोत्साहन र हौसला दिने उद्देश्यले मगर-माघे सकरातीको विशेष अवसर पारि स्थानीय कलाकार कमेडीयन पुष्पा मगर लगायत सियाना मगर,समर क्षेत्री,सपना मगर,बिनिता मगर, उमा महतो,सपना गैरे,एलिसा मगर र पवित्रा राईको साथमा कौडा,चुट्का,थाली नाच र सालैजो प्रस्तुती संग-संगै डिजे धमाकाको साथमा माघे पर्व अर्थात् माघेसकराती मनाउने भएको हो।
मगर इतिहास, भाषा, लिपी, संस्कृति संरक्षण-सम्बर्द्धन मगरहरुको मुल मन्त्र,मगरात पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नाराका साथ नेपाल मगर संघ साइप्रसले विभिन्न नेपाली सांगीतिक कार्यक्रम गर्दै आएको महासचिव यज्ञ राना मगरले जनाउनु भयो ।
जनवरी १२ तारिख आइतबारका दिन ११ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रमका लागि आयोजकले १५ युरो टिकटको समेत व्यवस्था गरेको छ।
आयोजक उक्त कार्यक्रमको अहिले अन्तिम चरणमा रहेको तथा रोजगारीको सिलसिलामा साइप्रस पुगेका नेपालीहरू सम्पुर्ण दाजुभाइ तथा दिदि बहिनीहरुलाई आयोजक नेपाल मगर संघ साइप्रसले कार्यक्रमको लागि सादर निमन्त्रणा समेत गरेको छ ।
आयोजकलाई उक्त कार्यक्रमको लागि साइप्रसमा रहेका संघसंस्था लगायत व्यक्तिहरुले कार्यक्रम सफल पार्नको लागि सहयोग आर्थिक सहयोग समेत गरिरहेका छन्।