Home Login
युरोप

छुटपुट कागजातको लागि ३० तारिख आइमाले प्रक्रिया अगाडि बढाइने

पोर्चुगल — बायोमेट्रिक अथवा फिङ्गर भएकाहरूको छुटपुट कागजात (फाल्ता) छ भने यही आउँदो डिसेम्बर ३० तारिख विशेषगरी फाल्ता कागजातको लागि प्रक्रिया अगाडि बढाइने भएको छ।

लिस्बनको महात्मा गान्धीबाट बायोमेट्रिक भएकाहरूको कागजात छुटपुट भएको खण्डमा आउँदो डिसेम्बर ३० तारिख सोमबार आइमाले फेरि पुन प्रक्रियाको लागि अगाडि बढाउने भएको हो।

कसरी फाल्ता कागजात छ भनेर थाहा पाउने ?

आफै स्वयं बायोमेट्रिक गरेर आउँदा तपाईंको कागजात कुन-कुन छुटपुट भएको थियो, स्यालरी स्लिप,नेपालको पुलिस रिपोर्ट आदि इत्यादि त्यो आफैलाई थाहा हुने कुरा हो।

यदि तपाईँलाई मेरो कागजात छुटपुट (फाल्ता) भएको छ जस्तो लाग्छ भने कृपया स्वयं आफै नै गएर प्रक्रिया अगाडि बढाउनु होला।

यदि लिस्बन भन्दा बाहिर हुनुहुन्छ भने तपाईंहरु भएको नजिकको आइमा सेन्टरमा गएर बुझ्नुहोला।

Leave a Reply