(क्रोएसियामा सुदूरपश्चिमेली नेपाली समाजको आयोजना भलिबल प्रतियोगिता सम्पन्न)
युरोपेली मुलुक क्रोएसियामा सुदूरपश्चिमेली नेपाली समाजले आयोजना गरेको भलिबल प्रतियोगिता हिजो डिसेम्बर २६ तारिख सम्पन्न भएको छ ।
क्रोएसियाको प्रिजवल्ज २ जरेवमा भएको प्रतियोगिता यस वर्ष हालसम्मकै ठुलो धनराशि पुरस्कार सहितको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त प्रतियोगिताको प्रथम स्थान सुदूरपश्चिमको ‘ए’ टिमले हासिल गरेको छ। जसमा युरोपेली मुलुक पोर्चुगलबाट पनि केही खेलाडीहरू पनि प्रतिनिधित्व गर्दै गएका थिए। सुदूरपश्चिमको ‘ए’ बाट प्रतिनिधित्व गर्ने खेलाडीहरु नरेश भट्ट ,योकेन्द्र गुरुङ ,आशिष परिवार ,प्रोमिल कौचा ,जङ्गबहादुर धामी ,अनिल लोथ्याल र जय राज धामी रहेका थिए।
प्रथम हुनेले युरो तीन हजार तीन सय ३१ (नेपाली रुपैयाँ चार लाख ५३ हजार ९५० नगद) सहित ट्रफि र मेडल हात पारेको थिए।
यस्तै दृतिय स्थान पनि सुदूरपश्चिमकै टिम ‘बी’ ले हासिल गरेको थियो । जसको पुरस्कार युरो एक हजार ५ सय १५ (नेपाली रुपैयाँ दुई लाख १९ हजार ६ सय ५० नगद) सहित ट्रफि र मेडल प्राप्त गरेको थिए ।
अध्ययन र रोजगारीको सिलसिलामा क्रोएसिया पुगेका नेपालीहरूको लागि क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२५ लाई सफल बनाउन उक्त कार्यक्रमको आयोजना गरेको आयोजक सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाका अध्यक्ष बसुदेब ओझाले बताए।
सात टिम रहेको उक्त प्रतियोगितामा प्रथम र दृतिय स्थान सुदूरपश्चिमले हात पार्न सफल भएको हो ।उक्त कार्यक्रममा दर्शकहरूको पनि निकै घुइँचो रहेको थियो। कार्यक्रम सफल भएकोमा आयोजक सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाले कार्यक्रममा उपस्थित हुने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेका थिए।