बिजय भुसाल ।
मिलान — इटालीको मिलान शहरमा नेपाली पासपोर्ट बनाउन समस्या भएका नेपालीहरुका लागि घुम्ती सेवा सम्पन भएको छ।
डिसेम्बर २८,२९ र ३० गरि तिन दिन सम्म चलेको सो घुम्ती सेवामा १ सय ३८ जना नेपालीको आवेदन संकलन गरिएको थियो। विद्युतीय राहदानी (ई-पासपोर्ट) नविकरण तथा नयाँ बनाउनका लागि नेपाली राजदूतावास जेनेभाको घुम्ती टोलि इटालिको मिलान शहरमा आएको थियो।
नेपाल मितेरी मञ्च मिलानोको आयोजना र ब्यबस्थापन तथा गैर आवासीय नेपाली संघ इटालीको सहकार्यमा दुतावासको टोलि इटालिको मिलान शहरमा आएको थियो ।
नेपाल मितेरी मञ्च मिलानोले मिलान नजिकमा बस्दै आएका नेपालीहरुको समस्या लाइ ध्यानमा राख्दै स्विट्ज़रलैंडको जेनेवा स्थित राजदुतवासको टोलि मिलान शहर बोलाएको थियो। टोलीमा राजदुतावासका द्धितिय सचिब रोनाल्ड राई र गोविंद नापित थिए।
टोलीले नेपालीहरुको सहजताका लागि मिलान शहरमै इनरोलमेन्ट सेन्टरको स्थापना गरी नेपालीको विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि जैविक विवरण सहितको आवेदन संकलन गरेको नेपाल मितेरी मञ्च मिलानोका सचिव विजय रानाले युरोपाटीलाइ जानकारी दिए।