Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

पाँच समाचारको साथमा : युरोपाटीद्वारा युरोप ब्रिफिङ

आज जनवरी ९, २०२५ बिहीवार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ –

सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश—

पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन्। बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

नेपाली ब्यबसायी संघ बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न —

नेपाली ब्यबसायी संघ नेबाब बेल्जियमले वार्षिक साधारण सभा सम्पन्न गरेको छ। नेबाब अध्यक्ष चिरण खवासका अनुसार युरोपमा नेपाली सामाग्रीको प्रबर्धन गर्न नेपाली ब्यबसायीहरुले गर्न सक्ने गतिबिधी र ब्याबसायिक दाँयरा र नेबाबका सदस्यहरुका हकहितका बारेमा पनि नेबाब पदाधिकारी र सहभागिहरुले ब्यापक छलफल गरेका थिए ।

बेल्जियमको रान्स्ट शहरमा सम्पन्न बार्षिक साधरण सभामा नेबाबका उपाध्यक्ष कासी दनैले स्वागत गरेर सुरु भएको कार्यक्रममा रान्स्ट शहरका मेयर बार्त बोरिस उपस्थित भएर साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।

धादिङका दीपक सिटौलाको पोर्चुगलमा असामयिक नि¥धन —

धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ ठूला कठेरी निवासी विगत केही महिना अघिदेखि पोर्तुगलमा वसोवास गर्दै आएका वर्ष ४० का दीपक सिटौलाको गत जनवरी ६ तारिख बेलुका लिस्वनस्थित शान्तमारिया अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको हो ।

आइतबार देखि चलचित्र कार्साङ पोर्चुगलमा 

नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ।

उक्त चलचित्र पोर्चुगलमा भने जनवरी १२,१३,१४ र १५ तारिख प्रदर्शन हुने भएको छ। चलचित्र रातिको ९ बजेर १५ मिनेटको समयमा प्रदर्शन हुने भएको हो भने उक्त चलचित्रको टिकेट १२.५० युरो रहेको छ। सो टिकट भने १२ वर्षभन्दा कम उमेरको व्यक्तिलाई १० युरो राखेको छ।

क्यानडामा एक नेपाली युवकको सवारी दुर्घटनामा मृत्यु 

टोरन्टोको ब्राम्पटन क्षेत्रमा बस्दै आएका एक नेपाली युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ। नेपालको खोटाङ घर भइ उनी ब्राम्प्टनमा बस्दै आएका युनेश गिरीको दुर्घटनामा मृत्यु भएको उनका साथीहरुले जनाएका छन्। मन्ट्रियल क्षेत्रमा ७ जना साथीभाइ मिलेर घुम्न गएको अवस्थामा भएको दुर्घटनामा गिरीको मृत्यु भएको टोरन्टो निवासी नेपाली मूलका क्यानेडियन कानुन व्यवसायी केशव दाहालले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *