आज फेब्रुअरी ०९, आइतबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ –
क्यानडामा नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेसद्वारा ९ अगस्टमा हिमालयन मेला हुदै —
नेपालीहरुको विशेष जमघट हुने हिमालयन मेला आगामी अगस्ट महिनाको ९ तारिख, शनिबारका दिन हुने भएको छ।
कला, संस्कृति, संगीत र समुदायलाई एकै स्थानमा समेट्ने उद्देश्यले आयोजना हुने हिमालयन मेला नाथन फिलिप्स स्क्वायर, टोरन्टोमा आयोजना हुने छ।
नेपालिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसीसीएस) द्वारा आयोजना हुने कार्यक्रम यस वर्ष पहिलेभन्दा परिमार्जन गर्दै अझै आकर्षक र उत्साहजनक रुपमा मनाइने जनाइएको छ।
चलचित्र ‘एक्टरः टेक वान’ फेब्रुअरी २३ तारिख क्रोएसियामा प्रदर्शन हुदै —
युरोपेली मुलुक क्रोएसियामा चलचित्र ‘एक्टरः टेक वान’ फेब्रुअरी २३ तारिख प्रदर्शन हुने भएको छ। उक्त चलचित्रलाई युरोपमा ‘क्या दामी’ इभेन्टले प्रदर्शनमा ल्याउन लागेको हो ।
क्या दामी इभेन्टले प्रदर्शनमा ल्याउन लागेको चलचित्रलाई सपोर्ट भने एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले गरेको छ।
यस्तै उक्त चलचित्रलाई क्रोएसियामा नेपाली थकाली हाउसले प्रदर्शनमा ल्याउन लागेको क्रोएसियाबाट विनोद अधिकारीले जानकारी दिए।
२३ फेब्रुअरी देखि बेल्जियमको विभिन्न सहरहरूमा चलचित्र तेल भिसा प्रदर्शन हुदै —
युरोपेली मुलुक बेल्जियमको विभिन्न सहरहरूमा चलचित्र तेल भिसा प्रदर्शन हुने भएको छ। बेल्जियमको एन्टवर्प, ब्रुज, ब्रसेल्स र लेउभेनमा सहरमा चलचित्र तेल भिसा प्रदर्शन हुने भएको हो।
पोर्चुगलको राजधानि लिस्बनमा पहिलो पटक खुल्ला बास्केटबल टुर्नामेन्ट हुदै —
पोर्चुगलको राजधानि लिस्बनमा पहिलो पटक खुल्ला बास्केटबल टुर्नामेन्ट हुने भएको छ ।
केबिए नेपालको आयोजनामा हुन लागेको यो टुर्नामेन्ट यहि मार्च २ तारिख राजधानी लिस्बनमा हुने भएको हो । आयोजक टोलिले यस टुर्नामेन्टलाई नेपालीद्वारा आयोजित पहिलो खुला बास्केटबल टुर्नामेन्ट भएको समेत दावि गरेको छ ।
विश्वमा सबैभन्दा प्रभावशाली देशहरूमध्ये पोर्चुगल २७ नम्बरमा पर्यो —
विश्वमा सबैभन्दा प्रभावशाली देशहरूमध्ये २७ नम्बरमा पोर्चुगल पनि रहेको छ। युरोपेली मुलुक पोर्चुगल लगायत प्रभावशाली देशहरूमा युरोपको अरु देशहरू पनि समावेश रहेका छन्।
अमेरिकी समाचार र विश्व रिपोर्ट अनुसार , विश्वमा सबैभन्दा प्रभावशाली देशमा पहिलो नम्बरमा संयुक्त राज्य अमेरिका लगायत क्रमश : चीन ,बेलायत ,जर्मनी ,फ्रान्स ,रूस ,जापान ,युएई ,साउदीअरेबिया ,इटाली ,इजरायल ,भारत ,स्पेन ,क्यानडा ,टर्की , दक्षिण कोरिया ,अष्ट्रेलिया , स्विट्जरल्याण्ड ,इजिप्ट ,ब्राजिल ,ग्रीस ,कतार ,मेक्सिको ,नेदरल्याण्ड्स ,स्वीडेन ,डेनमार्क ,पोर्चुगल ,दक्षिण अफ्रिका ,बेल्जियम र इरान रहेका छन्।