Home Login
पोर्चुगल

२०२४ मा धेरै भ्रमण गरिएका देशहरूमध्ये पोर्चुगल १५औं स्थानमा

(२०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूमध्ये युरोपको पोर्चुगल १५औं स्थानमा — नेपालमा सन् २०२४ मा कति प्रतिशत पर्यटकले भ्रमण गरे ?)

युरोप — विश्व तथ्याङ्कको अनुसार २०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूको सूची सार्वजनिक गरेको छ।

युरोपको फ्रान्स सन् २०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूको पहिलो सूचीमा परेको छ भने स्पेन दोस्रो स्थानमा रहेको छ। त्यसो त फ्रान्समा सन् २०२४ मा ८९.४ मिलियन पर्यटकहरूले भ्रमण गरेका थिए। यता स्पेनमा भने ८३.७ मिलियन पर्यटकहरूले भ्रमण गरेको पाइएको छ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा ७९.३ मिलियन पर्यटकहरूले भ्रमण गरेका छन्। चीनमा ६५.७ मिलियन, इटालीमा ६४.५ मिलियन, टर्कीमा ५१.२ मिलियन, मेक्सिकोमा ४५.० मिलियन, थाइल्याण्डमा ३९.८ मिलियन, जर्मनीमा ३९.६ मिलियन, संयुक्त अधिराज्यमा ३९.४ मिलियन, जापानमा ३२.३ मिलियन, अस्ट्रियामा ३१.९ मिलियन, ग्रीसमा ३१.३ मिलियन, मलेशियामा २६.१ मिलियन, पोर्चुगलमा २४.६ मिलियन र रूसमा २४.४ मिलियन पर्यटकले सन् २०२४ मा भ्रमण गरेको छ।

Leave a Reply