पोर्चुगल— रोजगारी तथा अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास पेरिस र नेपाली रजदूतावास लिस्वनले राजधानी लिस्वनमा राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ।
फागुन ९ देखि १४ गतेसम्म अर्थात् २१ फेब्रुअरी देखि २६ फेब्रुअरी सम्म नेपाली राहदानी तथा कागजात घुम्तिसेवा दिने भएको नेपाली राजदूतावास पेरिसले सूचना जारी गर्दै जानकारी दिएको छ ।
दुतावासले सूचना अनुसार, पोर्चुगलमा नेपाली दूतावासको स्थापना भइसकेको र अन्य दैनिक कामहरू दूतावासबाटै सञ्चालन हुने भएकोले अत्यावश्यक अति जरुरी भएकाहरुले मात्र सेवा लिन सक्ने बताएको छ।
उक्त सेवा लिनको लागि सेवाग्राही आफै उपस्थित हुनुपर्ने अथवा आफ्नो एका घरको नाता प्रमाणित हुने नातेदारहरू मार्फत मन्जुरीनामा दि कागजात प्रमाणीकरण गर्न सकिने जनाएको छ।
राजदूतावास पेरिसको सूचना अनुसार Rua das Fontainhas 82-86, 1300-257 मा उक्त शिविर सञ्चालन गर्ने भएको हो ।
उक्त सञ्चालन हुने घुम्ती सेवा शिविरमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सेवाग्राहीहरुले सेवा लिन सकिने राजदूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
हेर्नुस् राजदूतावास सूचना —