अनलाइन बेटिङबाट २४ करोडको कारोबार गरेको आरोपमा युवक पक्राउ

अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झापा दमक नगरपालिका१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको बेटिङ कारोबार गरेको देखिन्छ। 

वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काइ चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता वेबसाइटहरू मार्फत साहले बेटिङ गर्न लगाएको प्रहरीले जनाएको छ। 

उनले अरूलाई बेटिङ गर्न लगाएको, जुवा, सट्टाबाजीजस्ता अनलाइन खेल खेलाएको आरोप छ। 

नेपाल राष्ट्र बैंकको नियम विपरीत कारोबार गरेको भन्‍दै प्रहरीले उनलाई पक्राउ गरेको हो। 

थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *