युरोप — खेलकुदमा हेर्ने हो भने फुटबल पछि दोस्रो नम्बरमा क्रिकेट आउँछ। पछिल्लो समय क्रिकेट लोकप्रिय बन्दै गइरहेको छ। पुरुष क्रिकेट टोली वरीयतामा हेर्ने हो भने नेपाल १८ औँ स्थानमा देखिन्छ।
विश्व खेलकुद तथ्याङ्कले सार्वजनिक गरेको रिपोर्ट अनुसार, पुरुष क्रिकेट टोली वरीयतामा भारतलाई पहिलो र अस्ट्रेलियालाई दोस्रो स्थानमा राखेको छ।
त्यस्तै अस्ट्रेलिया पछि सबैभन्दा बलियो टिम पाकिस्तानलाई पनि विश्व खेलकुदले तेस्रो स्थानमा राखेको छ।
विश्व खेलकुद तथ्याङ्क अनुसार, चौथो स्थानमा न्यूजील्याण्ड, पाँचौंमा दक्षिण अफ्रिका, छैठौँमा श्रीलंका, सातौंमा इङ्गल्याण्ड, आठौंमा अफगानिस्तान, नौमा बंगलादेश र दशौमा वेस्ट इन्डिज रहेको छ।
त्यस्तै क्रमशः जिम्बाब्वे, स्कटल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड्स, संयुक्त राज्य अमेरिका, क्यानडा, ओमान, नेपाल, नामिबिया र युएई रहेको बताएको छ।
त्यस्तै विश्व खेलकुद तथ्याङ्कले नेपाललाई पनि १८औं स्थानमा राखेको छ। नेपाली क्रिकेट फ्यानहरूको लागि खुसीको कुरा हो। २०१४ तिर नेपाल पुरुष क्रिकेट टोली वरीयतामा ३० भन्दामाथि औँ स्थानमा रहेको थियो।
नेपालले २०१४ र २०२४ मा दुई पटक आईसीसी पुरुष टी-२० विश्वकपमा भाग समेत लिएको छ।