पोर्चुगल — युरोपली मुलुक पोर्चुगलको राजधानी लिस्बान लगायत विभिन्न सहरहरुमा एकैचोटि बिजुलीबत्ती गएको छ । बिहान करिब ११ : ४५ बजेतिर एकैचोटि बिजुली बत्ती गएको हो । पोर्चुगलको विद्युत प्राधिकरणका अनुसार प्राविधिक कारणले गर्दा बिजुलीबत्ती गएको अनुमान गरिएको छ ।
युरोपेली मुलुक बेलायत, नेदरल्याण्ड्स, बेल्जियम र फ्रान्सका केही भागहरूमा समेत बिजुली आपूर्ति बन्द भएको रिपोर्ट आएको छ । केही फोन नेटवर्कहरू समेत प्रभावित भएको रिपोर्टमा उल्लेख गरिएको छ ।
के कारणले बिजुली भयो भन्ने कुरा खुलेको छैन ।