Home Login
भिडियो

तुलसी सिवाकोटीको ‘पैसा ठुलो रैछ’ सार्वजनिक

पोर्चुगल —  जर्मनीलाई कर्मथलो बनाउँदै आएका गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘पैसा ठुलो रैछ’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको उक्त गीतलाई सामाजिक सञ्जालमा दर्शकहरुलाई रुचाइरहेका छन् ।

गीतमा गणेस प्रसाँईको शब्द, सरोज पोखरेलको संगीत रहेको छ । यस गीतको भिडियोमा हास्य कलाकार सुरबीर पण्डित (दारीबा)को अभिनय रहेको छ ।

गायक सिवाकोटी सांगीतिक कार्यक्रमका सिलसिलामा कर्मथलो जर्मनीबाट बिभिन्न देश पुगेर आफ्नो सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरिरहेका छन् । उक्त सार्वजनिक गीत गायक स्वंयको युट्युब च्यानल ‘तुलसी सिवाकोटी’ मा हेर्न, सुन्न सकिन्छ ।

युरोपमा बसेर गीत, संगीतमा सक्रिय रहेका कलाकार हुन्, गायक तुलसी सिवाकोटी । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

हेर्नुहोस् भिडियो —

Leave a Reply