स्पेन — नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले संरक्षकहरु चयन गरेको छ । मोराइरामा बसेको कार्यसमितिको बैठकले संरक्षकहरु तय गरेको हो ।
समाजले पूर्वअध्यक्षहरु रितेश श्रेष्ठ, अक्कल बोहोरा, केशवराज कँडेल, विनोद शेरचन, एनआरएनए कोष्टाव्लाङ्का पूर्वअध्यक्ष सुरेन्द्र भुजेल थापा , देवराज सापकोटा, समाजका निवर्तमान अध्यक्ष नवराज दुवाडीलाई संरक्षक चयन गरेको छ । यस्तै एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्य, समाजका निवर्तमान कोषाध्यक्ष स्मृति गौतम, सल्लाहकार मुकुन्द लामिछाने, राजन थापा, वीरेन्द्र श्रेष्ठलाई पनि संरक्षक चयन गरेको छ । समाजका महासचिव विजय कुँवरले संरक्षकहरुबीचको एकताले आगामी कार्ययोजना सहज रुपमा सफल हुने बताए ।
सन् २००७ मा गठन भएको नेपाल स्पेन समाज पछि नेपाल समाज एशोसियसनसँग एकीकृत भएको थियो । पूर्व अध्यक्षहरु केशवराज कँडेल र अक्कल बहादुर बोहरा तथा संरक्षक टिमहरुको समन्वयमा एकजुट बनेको थियो । समाजका सचिव असिम लोप्चनले संस्था एकजुट बनेर विवादरहित निर्णय तथा गतिविधि हुन थालेपछि संस्था एक्यवद्ध बनेको सन्देश गएको बताए ।
समाजका अध्यक्ष केसरबहादुर थापाले नेपालीहरुलाई एकीकृत गर्दै दु:ख, सुखमा संस्थाले साथ दिदै आएको बताए । नेपालीहरुलाई दु:ख पर्दा समाजको अगुवाइमा आर्थिक सहयोग, राहत वितरण जस्ता गतिविधि हुने गरेका छन् । नेपाली पर्वहरुमा वर्षेनि कार्यक्रम हुँदै आएको बताए । संस्थाको गरिमा कायम राख्न लागिपर्ने उनको भनाई छ । पूर्व अध्यक्षहरुको योगदानको अनुशरण गर्दै समाजलाई साझा संस्था बनाउन लागिपर्ने उनको भनाइ छ ।
गुम्बा-मन्दिर कोषबाट आर्थिक सहयोग जुटाएर छिटै गुम्बा-मन्दिर बनाउने लक्ष्य लिइएको छ । नेपाली कला, संस्कृति जगेर्ना गर्न सांस्कृतिक प्रस्तुति, मौलिक भेषभुषा प्रदर्शन, नेपाली खाना प्रवर्द्धनका गतिविधिहरु हुँदै आएका छन् ।