Home Login
बेलायत

बेलायतमा ‘सभापति कप’ आयोजना हुने

रासस — नेपाली जनसम्पर्क समिति, बेलायतले ‘सभापति कप’ नामक प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिवार नमस्ते गोर्खा, फेल्थाममा सम्पन्न कार्यसमिति बैठकले समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता फारम वितरण सुरु गर्ने निर्णय समेत गरेको छ ।

‘सभापति कप’ सम्पन्न गर्नका लागि संयोजकको जिम्मेवारी नर्थ वेस्ट लण्डनका सभापति विशाल राई र वेस्ट लण्डनका सभापति निशान लिम्बुलाई दिने निर्णय भएको छ ।

यस्तै, बैठकले विनोद योन्जनलाई नयाँ कोषाध्यक्षमा चयन गरेको छ। साथै, नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध रही हालै बेलायत आएका सात जना व्यक्तिहरूलाई पनि विशेष स्वागत गरिएको छ ।

बैठकमा जनसम्पर्क समितिका महामन्त्री तथा महासमिति सदस्य इन्द्रहाङ लिङ्देनले नेपाली कांग्रेस बेलायतको आधिकारिक वेबसाइट निर्माण भइसकेको जानकारी दिएका थिए ।

Leave a Reply