Home Login
समाचार

अमेरिकाको भर्जिनिया मनासासमा नेपाली परिवारका ४ जनाको शंकास्पद मृत्यु

एजेन्सी — अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्क शहरस्थित एउटा आवाशगृह भित्र नेपाली मूलका दुई वयस्क र दुई साना बालबालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घटनालाई प्रारम्भिक रूपमा ‘हत्या–आत्महत्या’ को दृष्टिले अनुसन्धान थालिएको छ।

गएराति जुन ५ करिब ११ बजे लानाए मार्गको घर नम्बर ९४०० अवस्थित भूई तलामा कल्याणकारी जाच वेलफेयर चेक लागि बोलाइएको थियो । घरधनीले मूनी बसोबास गरिरहेका परिवारसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।

प्रहरी आवासगृह प्रवेश गर्दा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र दुई साना बालबालिकाको शव भेटिएको हो । मृत बालकमध्ये एक जना २ वर्षको छोरा र अर्की ८ वर्षीया छोरी थिइन् । उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ ।

चारै जनाको मृत्यु गोली लागेर भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ भने घटनास्थलबाट एकथान बन्दुक बरामद गरिएको छ । कसले गोली चलायो भन्ने पुष्टि प्रहरीले अझै गरेको छैन । शवहरूलाई शव परिक्षण गर्नको लागि मनाससको शव परिक्षण कार्यालयमा पठाइएको एनविसि वासिॅगटन तथा बिभिन्न स्थानीय पत्रपत्रिकाले समाचार लेखेका छन । घटनाले नेपाली समुदाय र स्थानीय वासिन्दामा गहिरो शोक छाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र सार्वजनिक धैर्यको अपेक्षा गरेको जनाएको छ । उक्त क्षेत्रमा प्राय : टाउनहाउसहरू छन् र यो स्थान डिस्ट्रिक्ट डिसी बाट करिब ३५ माइल दक्षिण–पश्चिममा पर्छ ।

‘हाललाई हेर्दा यो घटना हत्या–आत्महत्याको हुनसक्ने देखिन्छ,’ प्रहरीको वक्तव्यमा उल्लेख गरिएको छ वासिंटन पोष्टले समाचार छापेको छ । नेपाली समुदायका लागि मनासस भन्ने शब्द नै डरलाग्दो बन्न थालेको छ कारण अघिल्लो बर्ष त्यहि मनाससमा भएको डरलाग्दो घटना सेलाउन नपाउँदै फेरी अर्को घटना घटेको छ ।

Leave a Reply