क्यानाडा — क्यानाडा आउँदो वर्ष हुने आईसीसी टी-२० विश्वकपका लागि छनोट भएको छ। अमेरिका क्षेत्रीय छनोटमा बहामासलाई हराउँदै क्यानाडा भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप २०२६ का लागि छनोट भएको हो।
बाहमासले दिएको ५८ रनको लक्ष्य क्यानाडाले ५ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो। क्यानाडाका दिलप्रीत बाजवाले नटआउट ३६ रन बनाए। बहामासका केर्भोन हिन्दसले २ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहामास १९ ओभर ५ बलमा ५७ रनमा अलआउट भयो। बहामासका जभेले गलीमोरेले सबैभन्दा धेरै नटआउट १४ रन बनाए।
क्यानाडाका कलीम सना र शिवम् शर्माले ३र३ विकेट लिए। क्यानाडा लगातार दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको हो।
टी–२० विश्वकपमा १२ वटा टोली सोझै छनोट भइसकेका छन्। आयोजक भारत र श्रीलङ्कासहित अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान प्रतियोगितामा सोझै छनोट भएका हुन्।
अब विश्वकप खेल्ने ७ वटा टोलीको टुङ्गो लाग्न बाँकी छ। यसका लागि युरोप छनोटबाट २, अफ्रिका छनोटबाट २ र एशिया छनोटबाट ३ वटा टोली विश्वकपमा पुग्नेछन्।
नेपाल सहभागी हुने एशिया छनोट आउँदो अक्टोबरमा हुनेछ। एशिया छनोटमा नेपालसँगै आयोजक ओमान, जापान, कुवेत, मलेशिया, पपुवा न्यु गिनी, कतार सोमाओ र यूएई सहभागी हुनेछन्।