यस्तो रह्यो दसैंको टीका (तस्बिरहरू)

धादिङ बडा दसैं अन्तर्गत विजया दशमीको दिन आज मंगलबार मान्यजनको हातबाट टीका, जमरा आर्शिवाद लिने क्रम जारी छ।

उत्तम साइत ११ बजेर मिनेटमा भए पनि आज दिनै भरि टीका जमरा ग्रहण गर्ने गरिन्छ। 

संचारकर्मी युरोपाटीका सम्पादक अनिल रेग्मी सङ बाबा ममि

मंगलबार जान नभ्याइएका ठाउँमा कोजाग्रात पूर्णिमाको दिनसम्म पनि जाने प्रचलन छ। कतैकतै आजकै दिनबाट टीका सकिन्छ।घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३७ बजे रहेको थियो। 

मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिकविधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। 

कलाकारहरूले पनि मान्यजनको हातबाट टीकाजमरा ग्रहण गरेर यसवर्षको दसैं मनाएका छन्। परिवार एवं मान्यजनको हातबाट टीकाजमरा ग्रहण गरेको फोटो उनीहरूले सामाजिक सञ्जालमा हालेका छन्।

संचारकर्मी सुनिता रेग्मी उनकी ममि

Leave a Reply

Your email address will not be published. Required fields are marked *