क्वालालम्पुर (मलेसिया) — मलेसियामा नेपाली फुटबल विकासको लागि स्थापित संस्था नेपाली फुटबल संघ मलेसियाले नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थालाई अझ बढी चलायमान बनाउन आईतवार राजधानी क्वालालम्पुरमा अवस्थित होटेल ग्रेन्ड कन्टिनेन्टलमा बसेको बैठकले खेलाडी हेमप्रसाद भट्ट ‘सन्तोष’ को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा सन्तोष भट्ट , वरिष्ठ उपाध्यक्षमा भक्त ओड, उपाध्यक्षमा बसन्त राज, सचिवमा शिव सुवेदी , कोषाध्यक्षमा सन्तोष अधिकारी चयन भएका हुन ।
त्यस्तै सदस्यहरुमा तुला नेवाङ , खगेन्द्र तामाङ , नवराज श्रेष्ठ , दीपक कार्की , विष्णु चौधरी , बिन्दु दर्लामी मगर , शिव खड्का , राजकुमार कुमाल , निश्चल मगर , कृष्ण केसी लगायत चयन भएका हुन । त्यस्तै बैठकले सल्लाहकारमा सन्तोष कार्की , राजु तामाङ , अंकित थापालाई चयन गरेका हुन ।