अष्ट्रेलियाका प्रधानमन्त्रि एन्थोनी अल्बानेजले लेबर सरकार संसदमा विद्यार्थी ऋणमा २० प्रतिशत माफी गर्ने विधेयक पेश गरेका छन । यसबाट तीन लाखभन्दा बढी अस्ट्रेलियनहरूका लागि १६ अर्ब डलरभन्दा बढी ऋण माफ गर्नेछ । हाम्रो प्रमुख प्राथमिकता अस्ट्रेलियन जनतालाई बढ्दो जीवनयापन खर्चमा राहत पु¥याउनु रहेको प्रधानमन्त्रिले बताएका छन । त्यसमा अन्तराष्ट्र्रिय विधार्थीको भने कुनै विषय सम्बोधन गरिएको छैन ।
विद्यार्थी ऋणमा २० प्रतिशत कटौती गर्दा देशभरका कामदार र विद्यार्थीहरूमा पर्ने दबाब कम हुने अनुमान गरिउको छ । जसको औसत विद्यार्थी ऋण २७ हजार ६०० छ, उनको लगभग ५,५२० को उच्च शिक्षा ऋण कार्यक्रम ऋण माफ हुनेछ । यो १ जुनदेखि लागू गरिनेछ, र यसले व्यावसायिक शिक्षा तथा तालिम विद्यार्थी ऋण, अस्ट्रेलियन अप्रेन्टिस सहयोग ऋण, विद्यार्थी स्टार्टअप ऋण, तथा अन्य विद्यार्थी ऋणहरू भएका अस्ट्रेलियनहरूको भार कम गर्नेछ ।
विद्यार्थी ऋणमा २० प्रतिशत कटौतीको साथै, यो विधेयकले भुक्तानी गर्नुपर्ने न्यूनतम आम्दानीको सीमा ५४,४३५ बाट ६७,००० मा बढाउनेछ, र न्यूनतम भुक्तानी रकम घटाउने बताइएको छ । जसको आम्दानी ७०,००० छ, उसले हरेक वर्ष १,३०० कम भुक्तानी गर्नु पर्नेछ ।
यसअघि गरिएको सूचकांक फरमुलाको सुधारबाट नै सरकारले ३ अर्बभन्दा बढीको विद्यार्थी ऋण कटौती गरिसकेको छ । यो सबै मिलाएर हेर्दा, अल्बानेज लेबर सरकारले तीन लाखभन्दा बढी अस्ट्रेलियनका लागि करिब २० अर्बको विद्यार्थी ऋण माफ गर्नेछ ।
प्रधानमन्त्री एन्थोनी अल्बानेजले “जीवनयापन खर्च घटाउने हाम्रो सरकारको अर्को प्रयास यही हो । “हामीले वाचा गरेका थियौं कि संसदमा फर्केपछि विद्यार्थी ऋण कटौती हाम्रो पहिलो काम हुनेछ र अहिले हामी त्यसै गर्दैछौं । “शिक्षा पाउनु मतलब जीवनभर ऋणमा डुब्नु होइन । ‘तपाईं जहाँ बस्नुहुन्छ वा तपाईंका आमाबुबाले कति कमाउनुहुन्छ भन्ने कुराले फरक पर्दैन मेरो सरकार तपाईंका लागि अवसरका ढोका खुला राख्न प्रतिबद्ध छ’ ।
उता शिक्षा मन्त्री जेसन क्लेयरले “हामीले तपाईंको विद्यार्थी ऋण २० प्रतिशतले घटाउने वाचा गरेका थियौं र हामी त्यसलाई पूरा गर्दैछौं । “यो तीन लाख अस्ट्रेलियनहरूका लागि ठूलो कुरा हो, विशेषगरी थुप्रै युवा अस्ट्रेलियनहरूका लागि । “भर्खरै विश्वविद्यालय सकिएको, नयाँ काम सुरु गर्न लागेको अवस्थामा, यो ऋण कटौतीले ठूलो राहत दिने विश्वास गरेका छन ।
सीप र तालिम मन्त्री एन्ड्र्यु गिल्सले “मैले देशभरका विद्यार्थीहरूसँग कुरा गर्दा थाहा पाएँ कि खर्च नै कहिलेकाहीं योग्यताको खोजीमा बाधा बन्छ । “यस विधेयकले प्राविधिक अध्ययन गरिरहेका करिब ८० हजार विद्यार्थीहरूलाई जीवनयापनमा राहत दिनेछ केवल यस समूहकै लागि आधा अर्ब डलरको ऋण माफ हुनेछ ।
“हाम्रो सरकार थप अध्ययन र तालिमका लागि आउने बाधाहरू हटाउने दिशामा केन्द्रित छ, ताकि प्रत्येक अस्ट्रेलियनले सुरक्षित, राम्ररी तलब पाइने जागिरका लागि आवश्यक सीप हासिल गर्न सकोस् ।”