Home Login
बेलायत

दुर्गेश थापा बेलायत आउँदै : ‘दुश्मन हेरेको हेर्‍यै’

लन्डन —  चर्चित गायक दुर्गेश थापा ‘दुश्मन हेरेको हेर्‍यै’ यात्रामा बेलायत आउने भएका छन् । 

सोल्टी ईभेन्टस ईन्टरटेन्मेन्टले आगामी सेप्टेम्बर १३ मा आयोजना गर्ने कार्यक्रममा थापा बेलाउन  बेलायत आउन लागेका हुन् । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुनेछ । समय बेलुकी ५ बजेलाई निर्धारण गरिएक छ । 

कार्यक्रममा लोकप्रिय गायिका प्रिया गुरूङ, चर्चित मोडल डान्सर आरूषी मगरले पनि प्रस्तुति दिनेछन् । यस्तै शब्द ब्यान्ड, डिजे आदमको समेत जोडदार प्रसतुति रहने छ ।

विभिन्न देशहरूमा पुगेर आफ्नो प्रस्तुति दिएर दर्शकहरूको मन जितेर लोकप्रिय बनेका थापा बेलयातका लागि पनि अत्यन्तै सुखद् बन्ने आयोजकको दाबी छ । पहिलो र दोस्रो चरणको टिकट लगभग सबै बिक्री भैसकेको जनाइएको छ ।

अब तेस्रो चरणको सीमित टिकट रहेको जानकारी गराउँदै समयमा नै सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गरेर आफ्नो सिटको सुरक्षित गर्न र अमूल्य सल्लाह सुझाव एवं उपस्थितिका लागि पनि आयोजकले अनुरोध गरेको छ ।

Leave a Reply