दुर्घटनामा परेकी सुस्मितालाई सहयोगको लागि आग्रह : (हेर्नुपर्ने न्युज)

ad1 ad1

पोर्चुगल । विगत २ वर्षदेखि पोर्तुगलको मोन्तिजोमा बसोबास गर्दै आउनुभएका नेपाल घर जरायोटार ३ मरिण, सिन्धुली वर्ष २९ को सुस्मिता मोक्तानको १० जनवरी २०२४ बेलुकी अन्दाजी १८:२६ बजे मोन्तिजो पिंगोदोस नजिक बाटो काट्ने (जेब्रा क्रस) बेलामा विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको गाडीले ठक्कर दिई गम्भीर घाइते भएकी छन् ।

सिकिस्त घाईते सुस्मितालाई सोही बेला स्थानीय प्रहरीले मुचुल्का उठाई, एम्बुलेन्समा बरइरो हस्पिटलमा उपचारको लागि पठाएको थियो ।

पिडित घाईतेको दाहिने हात स्टिल राखी अप्रेशन गरीएको तथा देब्रे हिप देखि तल (खुट्टा भाञ्चिएको) (स्टिल जडान, अथवा प्लास्टर गर्न नमिल्ने अवस्था) हुनाले बरइरो हस्पिटलले जनवरी ३० मा डिस्चार्ज गरिदिएको थियो र हाल बिरामी मोन्तिजोमा एजेन्सीले उपलब्ध गराएको कोठामा साथीहरुसंग बस्दै आएकी छन्।

बिहान ८ बजेदेखि बेलुकाको ५ बजेसम्म साताको आईतबार बाहेक ६ दिन पिडित एक्लै हुनेभएकोले खानपिन, दिशा पिशाब र अन्य गतिविधिका लागि निकै कठिन अवस्था भएकोले एजेन्सीले पनि कुनै किसिमको सहयोग नगरेको ,बाइसा पनि नबनाएको, थेरापी, सामान्य उपचार समेतबाट वन्चित अवस्थामा भएको स्थित छ ।

परदेशमा रहेकी  नेपाली चेली  निकै पिडित अवस्थामा भएकाले “सम्पूर्ण नेपाली संघसंस्था, दिदीबहिनी – दाजुभाईहरुलाई उहाँको उपचार, कानुनी लडाई (वकिल खर्च), प्रहरीमा उजुरी, अस्पताल जाँदा आउँदा लागेको एम्बुलेन्स शुल्क, औषधी उपचार खर्च, थेरापी शुल्क तथा बिरामी हेरचाह सहयोगी शुल्कहरुको लागि आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरीदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

“पीडित सुस्मिताको तर्फबाट जारी गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलको आग्रहपत्र अनुरोध गरिएको छ ।

सहयोगका लागि विवरण :
Susmita Moktan — 

PT50 0007 0000 0058 3820 1092 3

सम्पर्क —  +351-920278457, 351-920471394

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *