चलचित्र महाजात्रा पोर्चुगलमा पनि हाउसफुल

पोर्चुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र यही मार्च २४ देखि पोर्चुगलमा सुरु भएको प्रदर्शन  बुधबार २७ तारिख सम्म प्रदर्शन भएको थियो ।

पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार, २५ मंगलबार प्रदर्शन हुदै हिजो बुधबार अन्तिम शो रहेको थियो। चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको थियो ।

नेप्स इन्टरटेनमेन्टले जानकारी दिए अनुसार, चलचित्र  महाजात्रा तीन दिन नै हाउसफुल भएको थियो । पोर्चुगलमा रहेका दर्शकहरूले पनि चलचित्र निकै नै मन पराएका थिए। हामीले दर्शकबाट प्रतिक्रिया लिए अनुसार दर्शकहरुले पनि चलचित्र निकै नै राम्रो रहेको प्रतिक्रिया दिएका थिए।

पोर्तुगलमा नेप्स इन्टरटेनमेन्टले चलचित्र प्रदर्शनमा ल्याएको हो । नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई बक्सअफिसमा अब्बल सावित गरिसकेका छन् । समीक्षकले पनि उनको ‘जात्रा’ शृङ्खलालाई रुचाए ।

नेपालमा बन्ने गरेको सिक्वेलमा संवत ‘जात्रै जात्रा’ जत्तिको प्रसंशा कमै फिल्मले पाएका छन् । यसले अन्तर्राष्ट्रियबजार विस्तारसँगै बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यस चलचित्रमामा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङगीतकार, शमशेर लामा शृङगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *