धादिङ।
अन्तर्राष्ट्रिय धादिङ समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ। मंगलबार सदरमुकाम धादिङबेसीमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनः खकुराललाई नेतृत्व चयन गरेको हो ।अविधेशनबाट वरिष्ष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल),उपाध्यक्षहरुमा सविना थपलिया (अस्ट्रेलिया) राजेन्द्र श्रेष्ठ (जापान),बद्री खतिवडा (अमेरीका) चयन भएका छन् भने महासचिवमा बाबुकाजी भण्डारी (जापान) चयन भएका हुन्।
यस्तै नयाँ नेतृत्वको सचिवः राजेन्द्र थपलिया (द.कोरिया) कल्याण विक्रम कार्की(अष्ट्रेलिया) कोषाध्यक्षमा रामकुमार थापा(नेपाल) सह कोषाध्यक्षमा सोमनाथ कडेंल (कतार) र सदस्यहरुमा दिपक तिमिल्सिना (युके), पारस भण्डारी(अस्ट्रेलिया),विनोद उप्रेती (अस्ट्रेलिया), कमल दुवाडी(अमेरीका),छन्दप्रसाद सिलवाल (भारत) चयन भएका छन् ।
१ जना महिला उपाध्यक्ष, महिला सचिव, प्रवक्ता र ४ जना सदस्य भने केही समयपछि मनोनियत गरिने छ । महाधिवेशन लाई नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले विश्वभर छरिएर रहेको धादिङ्गेलीहरुलाई अन्तर्राष्ट्रिय धादिङ समाजले जोड्नुपर्नेमा जोड दिए । उनले प्रवासमा रहेका धादिङ्गेलीहरुले जिल्लामा परेका समस्या पहिचान गरी सहयोग गर्न आग्रह गरे ।
महाधिवेशनले ९ बुँदे धादिङवेशी घोषणापत्र पनि पारित गरेको छ ।
Leave a Reply