एनआरएनए उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी दिने

पेशा, ब्यावसाय र अवसरको खोजिमा नेपालबाट विश्वका बिभन्न देशमा रहेका नेपालीहरुकोबीचमा नेपालीहरुको हक हितको संरक्षणगर्दै भाइचाराको सम्बन्ध स्थापित गर्दै आफूले सिकेको सीप र पूँजीलाई पुन : नेपालमा भित्राउने उद्येश्यले स्थापित गैरआवासीय नेपालीसङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन अक्टोवर १७ देखि २० (असोज ३० गतदेखि कार्तिक ३ ) गतेसम्म काठमाडौँमा हुँदैछ ।अधिबेसनमा ४३ सय प्रतिनिधि सहभागी रहने छन् ।

२००३ सालमा स्थापति संस्थामा ८७ भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद रहेको संघको राष्ट्रिय समन्य परिसद्का राष्ट्रियअधिबेसन सम्पन्न भै सकेका छन्।

विस्वका विभिन्न देसबाट आगामी कार्यकाल २०२३/२०२५ का लागि एन आर एनहरुले उमेदवारी प्रस्सुत गरिरहेका छन्।

यसै क्रममा सङ्घको २०२३, अक्टोवर १७ देखि २० सम्म काठमाडौमा हुने महाधिबेशनमा उपमहासचिव पदमा सोम सापकोटाले पनि उम्मेदवारी दिने भएका छन् ।

बर्तमान कार्यसमितिका प्रवक्ता सोम सापकोटाले पनि आगामी कार्यकालका लागि उपमहासचिव पदमा उमेद्वारी दिने जनाएका हुन् ।

२०५१/५२ सालदेखि नेपालमा रहेर ब्यावसाय सञ्चालन गदै आएका सापकोटा अवसरको खोजिका लागि बिदेसिएका थिए ।

सङ्घको स्थापनाकाल देखिनै सक्रिय सापकोटाले विभिन्न पदीय जिम्मेवारीको काम गर्दै नेपाल र नेपालीहरूको हक हितका सस्थागत रूपमा क्रियाशील छन्।

नेपालमा गैरआवासीय नेपाली सङ्घ मध्यमबाट ईलाइबेरी स्थापना, पर्यटन प्रवर्द्धन, बैदेशिक रोजगार साथै लगानी मार्फत रोजगारी लगायतमा सापकोटाले भूमिका खेलेका सापकोटाको बिद्धुतिय पुस्तकालय अभियान अहिले पनि छ ।

उनको अगुवाइमा धेरै स्थानमा पुस्तकालय बनेका छन भने केही बन्ने प्रक्रियामा छन् ।

सन २००६ देखि बिभिन्न सामाजिक सेवाको काममा सक्रिय हुँदै आएका सापकोटा २००६ मा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्य परिसद् पोर्तुगलको सदस्य हुँदै २००८ मा गैरआवासीय नेपाली संघ डेनमार्कको अध्यक्ष भएपछि भने उनको जिम्मेवारी बढेको थियो ।

विश्वभरि छरिएर रहेका प्रवासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्दै संस्थालाई साझा संगठन बनाउन उम्मेद्धारी दिएको  बताउने सापकोटा पारदर्शितालाई जोड दिन्छन् ।

संस्थाले सोचे अनुरुप काम गर्न नसकेको ठहर गर्ने सापकोटा नेपाली संस्कृति र नेपाली रैथाने खानेकुरालाई प्राथमिकतामा राख्नु पर्नेबताउँ छन् ।

नेपालमा आउने पर्यटकको बसाइ बढाएर दैनिक गर्ने खर्च पनि बढाउने किसिमको योजना छ सापकोटाको । सापकोटाको योजनामा नेपाली सेलरोटी लगायत रैथाने खानालाई बिदेशी सामू परिचय गराउने पनि रहेको छ ।

नेपाली अचार अहिले बिदेशमा पाउन थालिए पनि पर्याप्त भने छैन, त्यसलाई विश्व बजारमा प्रतिस्पर्धि बनाउन भूमिका रहने सापकोटाको गर्नु पर्ने सूचीमा छ ।

यसका अलावा नेपालको बारेमा छरिएका भ्रमलाई चिर्न संस्था र सरकारले सहकार्य गर्नु पर्ने एजेण्डा उनको छ ।

नेपाली मूलका नागरिक भएका देशका बिद्यार्थीका लागि भिषा प्रक्रियामा सहजता भएमा उनीहरुको नेपाल प्रतिको मोह बढाउन सकिन्छ।

प्रवास बस्ने नेपालीहरूको साझा सङ्गठन निर्माणमा क्रियाशील हुने र गैरआवासीय नेपाली सङ्घको केन्द्रीय कार्यालयबाट जेजति डेलिभरी हुनु पर्ने हो त्यो दिन सकेको अवस्था छैन, सापकोटाले भने अब बन्ने नयाँ समितिले भए गरेका कमजोरी सच्चाएर सबै प्रवासीका बीचमा भाइचाराको सम्बन्ध कायम गरिने ।

संघमा सापकोटाको सहभागिता

सन् २००६ मा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलको राष्ट्रिय समन्वय परिषदको निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटाले सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरे।

सापकोटा सन् २०११–२०१३ सम्म गैरआबासीय नेपाली सङ्घको केन्द्रीय सदस्य सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्य परिषदको सहकोषाध्यक्षमा निर्वाचित भए ।

यसैगरी सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार भएका सापकोटा हाल सङ्घको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *