Home Login
नर्वे

नर्वेमा घुम्ती सेवा शिविर सञ्चालन हुने

नर्वे— नर्वेमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन डेनमार्कस्थित नेपाली दूतावासको टोली नर्वेको ओस्लो आउने भएको छ ।

विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन दूतावासको टोली २०२५ जनवरी १२ र १३ मा नर्वेको ओस्लो आउन लागेको दूतावासले जनाएको छ ।

विद्युतीय राहदानी (ई–पासपोर्ट) को समस्यामा परेका नेपालीलाई ओस्लोबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको हो भने अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नको लागि आग्रह गरेका छन्।

जनवरी १२ तारिख ११ बजेदेखि १९ बजेसम्म उक्त सेवा उपलब्ध हुनेछ भने जनवरी १३ तारिख १० बजेदेखि १६ बजेसम्म उक्त सेवा उपलब्ध हुने भएको हो। उक्त सेवा गैरआवासीय नेपाली सङ्घ नर्वेको आफ्नै कार्यालयमा उपलब्ध हुने भएको हो।

Leave a Reply