पोर्चुगल — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, पोर्चुगलले पन्जिकृत सदस्यता खुलाइएको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए पोर्चुगलका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) बाट स्वीकृत भइ आए बमोजिम ५ जनवरी २०२५ देखि लागू हुने गरी पन्जिकृत सदस्यता खुलाएको हो।
गैरआवसीय नेपाली संघ पोर्चुगलको आगामी सन् २०२५-२७ कार्यकालको लागि उक्त सदस्यता खुलाइएको फेसबुक पेजबाट बताएको छ।
उक्त सदस्यताको लागि के के प्रक्रियाहरू छन् ? सदस्यता प्राप्त गर्ने प्रयोजनका लागि —
सदस्यता प्राप्त गर्दा अप्नाउनु पर्ने प्रक्रिया, नीति, नियम, कर्तव्य र आचारसंहिताहरु :
. गैरआवासीय नेपाली संघ पोर्चुगलको सन् २०२५-२०२७ कार्यकालको लागि आम पोर्चुगलबासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुका लागि सदस्यता खुला गरी वितरण गर्न औपचारिक रूपमा केन्द्र(आइसिसी) बाट स्वीकृत र अनुमति प्राप्त भइ आए बमोजिम ५ जनवरी २०२५ देखि लागु हुने गरी सदस्यता खुल्ला गरी वितरण सुरु गरिएको छ । सदस्यता वितरण अवधि आगामी ३१ मे २०२५ रातको २३:५९ बजेसम्म रहनेछ ।
. गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्यता लिनको लागि गुगल प्ले स्टोर वा एप्पल स्टोरबाट SMART NRNA एप्लिकेसन डाउनलोड गरेर “एप” मा भने अनुसार सम्पूर्ण विवरण अनिवार्य भर्नु र डकुमेन्टहरु समावेश गर्नु पर्नेछ ।
. अघिल्लो कार्यकाल सन् २०२३-२५ का लागि SMART NRNA एपबाट सदस्यता प्राप्त गर्नु भएका महानुभावले पुरानै इमेल वा फोन नम्बर र पासवार्ड प्रयोग गरी एप भित्र गइ सदस्यता शुल्क तिरी नवीकरण (Renew) गर्न सक्ने सुविधा समेत यसपटकबाट उपलब्ध रहेको छ ।
. गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्यता शुल्क १०(दस)युरो तोकिएको छ ।सदस्यता वापतको शुल्क NRNA, Portugal को उल्लेखित बैंक खाता नम्बरमा जम्मा गर्नु पर्नेछ ।
A/C Name : Associacao Nepaleses Residentes Portugal
NIB : PT50007900003067629010180
Bank Name : EuroBic
बैंक एकाउन्टमा सदस्यता शुल्क १०(दश) युरो जम्मा गरेको प्रमाण अनिवार्य रूपमा एपबाट भरिएको फारमका साथ संलग्न गरी सदस्यको नाम खुल्ने गरी जम्मा गर्नु पर्नेछ ।
. एपमा सदस्यता भर्दै गर्दा बीचमा छोडिएका फाईलहरु ड्राफ्टमा गएर बस्ने हुनाले सदस्यता भर्न चाहने व्यक्ति आफैंले बाँकी विवरण भरेर पुरा गर्नुपर्ने हुन्छ । पुरा नभरिएका वा डकुमेन्ट पुरा नभएका फाईलहरु स्वीकृत हुने छैनन् । त्यसैले ड्राफ्टमा बसेको फाईलहरुको जिम्मेवारी भर्न चाहने सदस्य स्वयंले लिनुपर्ने हुन्छ। ड्राफ्टमा भएको फाईलका बारेमा भेरिफिकेसन समितिले ईमेल वा अन्य कुनै माध्यमले जानकारी पठाउन सक्छ । तर पूर्ण नभएको त्यस्ता फाईलको लागि गैरआवासीय नेपाली संघ पोर्चुगल सदस्यता वितरण गर्न बाध्य हुने छैन ।
. सम्पूर्ण विवरण र प्रकृया पुरा भएका फाईलहरु मात्र अन्तिम स्वीकृतिका लागि भेरिफिकेसन समितिमा आइपुग्दछन् । स्वीकृत हुन आउने सम्पूर्ण फाईल र डकुमेन्टहरुको गहन रूपमा अध्ययन गरिनेछ । गैरआवासीय नेपाली संघको विधि, विधान र नीति, नियम पूरा गरी आएको फाईलहरुलाई मात्र स्वीकृत गरिनेछ । यदि संघको विधि, विधान र नीति, नियम प्रतिकूल आएको फाईलहरु जस्तै : बैंकमा पैसा तिरेको प्रमाण नपुगेको वा विवरण गलत भएको, गलत फोटो, गलत आइडी कार्ड वा डकुमेन्टको प्रयोग गरिएको वा समय नपुगेको र संघको विधान मेल नखाने देखिए वा पाइएमा त्यस्ता आवेदनहरु स्वीकार गरिने छैन । त्यस्ता फाइलहरुको प्रमाण राखी सम्बन्धित पक्षलाई जानकारी दिनुपर्ने भए उपलब्ध गराइने छ ।
. गैरआवासीय नेपाली संघ पोर्चुगलका सबै पञ्जिकृत सदस्यहरुले यस संघको विधि, विधान र नीति, नियम पालनको गर्नु कर्तव्य हुनेछ । यदि कोही व्यक्तिले पंजिकृत सदस्य प्राप्त गरिसकेपछि पनि संस्थाको हित वा विधान विपरित कामकारबाही गरेको वा कर्तव्य पालन नगरेको देखिए वा ठहरिएमा संघले सदस्यता खारेजसम्म गर्न सक्नेछ।
. सदस्यताको रकम बैंकमा जम्मा भएको यकिन भएपछि मात्र सदस्यता स्वीकृत गरिनेछ ।
. सदस्यताको रकम बैंकमा तिर्दैमा सदस्यता पाई हालिदैन । गैरआवासीय नेपाली संघले तयार पारेको स्मार्ट (SMART NRNA) एनआरएनए एप मार्फत आवश्यक सम्पूर्ण डाटा भरेर आएमा मात्र सदस्यता स्वीकृत भइ सदस्यता प्राप्त हुनेछ ।
. SMART NRNA को एप बाहेक अन्य कुनैपनि निवेदन, म्यासेन्जर, फोन वा ईमेल मार्फत आएको सदस्यता आवेदनलाई मान्यता दिईने छैन र यस्तो आवेदन उपर कुनै कामकारबाही हुने छैन ।
. गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्यता वितरणमा विधान विपरीत कुनैपनि खालको कामकारबाही भएको पाइए वा ठहर भएमा कार्यसमितिको बैठकले त्यस्तो गलत कामलाई निरुत्साहित गर्न विधान बमोजिम आवश्यक निर्णय गरी कार्यान्वयन गर्नेछ र यसको जानकारी केन्द्रमा पनि पठाईनेछ।
. गैरआवासीय नेपाली संघ पोर्चुगलका पुराना सदस्यता कार्ड नयाँ सदस्यता भर्न वा प्राप्त गर्न डकुमेन्टको रूपमा मान्यता हुने छैन। अहिले अप्नाइएको नयाँ प्रक्रिया बमोजिम पुरै विवरण भरी सन् २०२५-२७ को लागि सदस्यता कार्ड प्राप्त गर्नु पर्नेछ ।
. कुनै कारणवस एक व्यक्तिको एक भन्दा बढी सदस्यता फारम भरी कायम हुन आएमा भेरिफिकेसन समितिले आवश्यक जाँचबुझ गरी एउटा बाहेक अन्य सदस्यताको डकुमेन्ट खारेज गर्नेछ ।
. गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्यता लिनको लागि पोर्चुगलको रेजिडेन्सी कार्ड, नेसनालिटी वा पासपोर्ट, ड्राइभिङ लाइसेन्स वा नेपाली पासपोर्ट भए भिषा सहितको प्रमाण आवश्यक पर्नेछ । यदि कसैले एनआरएनए पोर्चुगलका पुरानो कार्डहरुलाई सदस्यता भर्दा डकुमेन्टको रूपमा प्रयोग गरिएको पाइए त्यस्ता आवेदनहरु स्वीकार हुने छैनन् ।
. सदस्यता वितरण प्रक्रियाको अनुगमनका लागि एक सुपरभिजन समिति गठन गरिएको छ ।
. सदस्यता भर्ने क्रम वा प्रक्रियामा कुनै समस्या आईपरेमा कार्यसमितिका अध्यक्ष, कावा महासचिव, पदाधिकारी एवं सदस्यहरु वा भेरिफिकेस समिति तथा सुपरभाइजरी समितिसंग सम्पर्क गरी आवश्यक परामर्श, सहयोग तथा जानकारी लिन सकिनेछ ।