Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

युरोपमा मनाइयो जनयुद्ध दिवस

मनिश तमु —

बेल्जियम । नेपालमा सशस्त्र माओवादी युद्ध सुरु भएको ३० वर्ष पुगेको अवसरमा नेपाली जनप्रगतिशील मञ्च तथा जनप्रगतिशील मोर्चा, बेल्जियम द्वारा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरी यो ऐतिहासिक क्षणलाई सम्झना गरिएको छ।

शहीदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा जनयुद्धका उपलब्धिहरू, परिवर्तनका सम्भावना, र समसामयिक राजनीतिक परिप्रेक्ष्यबारे गहन छलफल गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथि तथा प्रमुख अतिथिहरूले माओवादी आन्दोलनका विभिन्न पक्षहरूको समीक्षा गरेका थिए।

जनप्रगतिशील मञ्च बेल्जियमको उपाध्यक्ष मनिष गुरूगंले उपस्थितहरुको स्वागत गर्दै, जनयुद्द दिवसको दिन नेपाली जनताले न्याय र समानताको  लागी संघर्ष गरेको दिनका रुपमा चित्रण गरेका थिए। “ एउटा भरूवा बन्दुकबाट सुरु गरिएको युद्दले यति विशाल रुप लिन्छ भनेर कसैले सोचेका थिएनन्, तर जनता एकजुट भएर लाग्यो, कैयौ शहिद भएर गए , उहाहरुको सम्मानका जनयुद्द दिवस बिशेष  हो” उनले थपे।

कार्यक्रममा बोल्दै जनप्रगतिशील मञ्च बेल्जियमकी  महासचिव कल्पना मगरले माओवादी आन्दोलनका उपलब्धिहरूको चर्चा गर्दै भनिन्, “जनयुद्धले ल्याएको संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै यसको मूल्य र मान्यता स्थापित गर्दै जानु जरुरी छ।”

त्यसैगरी, जनप्रगतिशील मोर्चा युरोपमा सल्लहाकार  बिष्णु भुजेलले माओवादी आन्दोलनले सामाजिक समानता, न्याय, लैंगिक तथा वर्गीय विभेद हटाउन महत्वपूर्ण भूमिका खेलेको बताए। “हीमीले अब श्रम र उत्पादनमा संगठन, नेतृत्व र कार्यकर्ता सबैलाई जोडेर लैजान सक्नु पर्छ, पार्टी छाडेको दिन बिचल्ली हुने अवस्था आउन दिनु हुदैन।

कार्यक्रममा बोल्दै जनप्रगतिशील मञ्च, युरोपका सल्लाहकार लोक दाहालले “माओवादी आन्दोलन नेपाली इतिहासको एक महत्वपूर्ण परिघटना भएकाले प्रवासी नेपाली समुदायलाई पनि नेपालको इतिहास, राजनीति, र भविष्यप्रति अझ बढी जिम्मेवार बन्न आवश्यक रहेको बताएका छन्।

नेपाल आदिबासी जनजाती महास्घ बेल्जियम बरिष्ठ उपाध्यक्ष मुना राई, प्रेस सेन्टर केन्द्रीय सदस्य दिल निशानी , नेपाली जनप्रगतिशील मन्च पोर्चुगलको निबर्तमान अध्यक्ष राज गौतमले पनि शुभकामना दिनु भएको थियो।

जनप्रगतिशील मञ्च, युरोपका अध्यक्ष चित्र सुवेदीले माओवादी जनयुद्ध  नेपाली जनताको मुक्तिका लागि भएको ऐतिहासिक संघर्ष रहेको बताए। उनले थपे,”यसले राजनीतिक, सामाजिक, र आर्थिक रूपान्तरणको आधार तयार गर्‍यो। अब हामीले यी उपलब्धिहरूलाई संस्थागत गर्दै वर्गीय मुक्तिको यात्रालाई अझ सशक्त बनाउनुपर्छ।

कार्यक्रममा जनप्रगतिशील मञ्च, युरोपका सल्लाहकार सुरेन्द्र भुषालले “जनयुद्धले स्थापित गरेका मूल्य र मान्यताहरूलाई कमजोर पार्ने प्रयासहरू भइरहेका छन्। परिवर्तनलाई संस्थागत गर्दै समाजवादको दिशामा अघि बढ्न संगठित राजनीति अपरिहार्य छ। प्रवासी नेपालीहरूले पनि यस यात्रामा सक्रिय भूमिका खेल्नुपर्छ।

कार्यक्रमको अध्यक्षता गरेका  जनप्रगतिशील मञ्च बेल्जियमको  अध्यक्ष प्रकाश पौड्यालले, जनयुद्धले देखाएको मार्गनिर्देशनलाई सही दिशामा लैजान, विचार, संगठन र संघर्षलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताएका छन्।  प्रवासी भूमिमा रहेर पनि  परिवर्तनको अभियानलाई निरन्तरता दिनु पर्नेमा उनको जोड रहेको छ।

उक्त  शुभकामना आदान, प्रदान  कार्यक्रममा जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष बदन योगंहागं, जनप्रगतिशिल मोर्चा युरोप सल्लाहकार राम गुरुगं जनप्रगतीशील मंच यूरोप सल्लाहकार कृष्ण पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए। बेल्जियम, पोर्चुगल लगायत अन्य देशहरुबाट आएका करिब दुई दर्जन भन्दा धैरै  शुभेच्छक तथा मोर्चा र मञ्चका सदस्यहरूको  सहभागीता रहेको उक्त कार्यक्रम जनप्रगतीशील मोर्चाका अध्यक्ष मेख गूरूगं ले संचालन गर्नू भएको थियो।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *