पोर्चुगलमा ज्यान गुमाउने नेपालीहरुका लागि विशेष समिति गठन : एनआरएनए पोर्चुगल

कलश खरेल / लिस्बन । पोर्चुगलमा ज्यान गुमाउने नेपालीहरुका लागि भन्दै शव ब्यबस्थापन सम्बन्धि मुल समिती गठन गरिएको छ। आइतबार गैर आवासिय नेपाली संघ पोर्चुगलको आयोजनामा सर्वपक्षीय भेलाले पोर्चुगल स्थित महावाणिज्यदुत कार्यालयको संयोकत्वमा सो समिती गठन गर्ने निर्णय गरिएको हो।
समितिको उपसंयोजकमा एनआरएनए पोर्चुगल रहने जनाइएको छ भने उपसंयोजकनै सदस्य सचिव रहने गरि निर्णय भएको एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताए। त्यसअघि छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोर्तुगल स्थित नेपाली अवैतानिक महावाणिज्य दुत मकर हमालले, यो पछिल्लो वर्षमा २५३० जना सम्म नेपालीले यहाँ ज्यान गुमाइरहेको र उनीहरुको शव व्यवस्थापन पनि एउटा गम्भिर समस्या बनेर आइरहेको बेलामा एनआरएनएको पहलमा यो किसिमको कार्यक्रम हुनु सकारात्मक भएको बताए ।
एनआरएनए पोर्तुगलमा अध्यक्ष उमेश खड्काले, विषय सुन्दा त्यती ठूलो नसुनिएला तर यसको व्यवस्थापनमा पछिल्लो समय संघले केही जटिलताको सामना गर्न परेकोले सबैपक्षकोे राय सल्लाह सुझावको लागि छलफलको आयोजना गरिएको र यसले केही निकास दिनेमा पनि आफु विश्वास्त रहेको बताए । पछिल्लो समय पोर्तुगलमा नेपालीहरुको आगमन बढेसंगै विभिन्न समस्याहरु पनि बढीरहेको बताउँदै सहभागीहरुले सबैभन्दा गम्भिर, जटिल र संवेदनशिल विषय भनेको नेपालीहरुको मृत्युहुने क्रम बढेको यसले सबैलाई चिन्तित बनाएको बताए ।
विशेष गरी पछिल्लो केही बर्षहरुमा विभिन्न कारणले यहाँस्थित नेपालीहरुले काल अकालमा ज्यान गुमाइरहेको र त्यसले परिवार, साथीभाइ, समूदायमा गम्भिर पीडा दिइरहको अवस्थामा मृत्युवरण भएका घटनाको अगाडी देख्दा सानो लाग्ने तर अर्को जटिल समस्या शव व्यवस्थापन पनि देखिएको सहभागीहरुको भनाई थियो ।
केही हप्ता अगाडि जनजाती महासंघ पोर्चुगगलले पनि यहीँ विषयमा विभिन्न सरोकारवाला पक्षहरुसंग छलफल कार्यक्रम आयोजना गरेको थियो।यो निर्णय हुनुलाई महासंघले पनि खुशी व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *