Home Login
नर्वे

जनसम्पर्क समिति नर्वेको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा परशमणि मिश्र

नर्वे — जनसम्पर्क समिति नर्वेको अप्रिल २० आइतबार भएको निर्वाचनबाट अध्यक्षमा परशमणि मिश्र बिजयी भएका छन् भने उपाध्यक्षमा गणेश थापा, चक्र बिक्रम शाही,  रमेश घिमिरे, गोविन्द अधिकारी (गिरीराज अधिकारी) बिजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर शाही, महामन्त्री रमेश सुवेदी, सह महामन्त्री  कृष्ण बहादुर  खत्री, नरेश बस्कोटा, विनोद श्रेष्ठ, कोषाध्यक्ष निर्मला परियार र सदस्यहरू , घनश्याम तिवारी, नविन सापकोटा, नवराज श्रेष्ठ, रमेश शर्मा तिमिल्सिना, राघव चन्द्र अधिकारी, सुनिल बास्तोला सर्वसहमतिबाट चयन भएका छन् ।

अध्यक्ष पदमा परशमणि मिश्र र सालिग्राम अर्यालको प्रतिस्पर्धी रहेका थिए, जम्मा खसेको ४७९ मतमा परशमणि मिश्रले २८३ मत प्राप्त गरेका थिए भने सालिग्राम अर्यालले १८६ मत प्राप्त गरे । सभापतिको मतमा १० मत बदर भएको थियो ।


४ जना उपसभापतिको प्रतिस्प्रधामा ७ जनाको प्रतिस्प्रधा रहेको थियो । क्रमश गणेश थापा २६५ , चक्र बिक्रम शाही २६२ , रमेश घिमिरे, २२७ गोविन्द अधिकारी (गिरीराज अधिकारी)२२०, इन्द्र कुमार थापा २१०, सुनिल ढुंगाना १९५, रोशन अधिकारी १७० मत प्राप्त गरेका थिए । उपसभापतिको मतमा ११ मत वदर भएको थियो ।

Leave a Reply