काठमाडौ — चर्चित तथा लोकप्रिय गायक तथा सर्जक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै शब्द तथा संगीतमा ‘जर्सी गाईको दूध’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा आरके मिलनको संगीत संयोजन छb। गायक कटुवाललाई गायनमा गायिका समिक्षा अधिकारीले साथ दिएकी छिन् ।
गीतको म्युजिक भिडीयोमा नृत्य निर्देशन तथा निर्देशन चर्चित कोरियोग्राफर शंकर बीसीले गरेका छन् । शंकर बीसी स्वयं र मोडल रिया खड्काले अभिनय गरेको छ ।
नविन घर्ती मगरले सम्पादन गरेको भिडियो छायांकन राजेश घिमिरेले गरेका हुन् । गीतलाई स्मृति म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
हेर्नुहोस उक्त गितको पुरा भिडियो :