Home Login
बेल्जियम

बेल्जियमको ल्होसार भब्यताका साथ सम्पन्न

इन्दिरा चाम्लिङ 

एन्त्रोपेन (बेल्जियम) — तमु समाज बेल्जियमको आयोजनामा गुरुङ समुदायको महान् चाड २६१०औँ तमु ल्होछार (सर्प बर्गको बिदाई र घोडा बर्गलाई स्वागत) विशेष कार्यक्रमका साथ एन्त्रोपेनमा सम्पन्न भएको छ ।

कार्यक्रमको समुद्घाटन प्रमुख आतिथ्यता बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत महामहिम सेवा लम्सालले गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत लम्सालले प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र मौलिकता जगेर्ना गर्न तमु समाजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

विविध सांस्कृतिक प्रस्तुति र नेतृत्व

तमु समाज बेल्जियमका अध्यक्ष राम घलेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई नन्द कुमारी तमुस्योले संयोजन गर्नुभएको थियो । उपाध्यक्ष अनिता घलेले गरेको स्वागत कार्यक्रमको औपचारिक सञ्चालन महासचिव याम कुमारी गुरुङ, रिचा गुरुङ र अन्तिम गुरुङले संयुक्त रूपमा गर्नुभएको थियो ।

जातीय संस्थाहरूको ऐक्यबद्धता

ल्होछार समारोहमा बेल्जियमस्थित विभिन्न जातीय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेफिन बेल्जियमकी अध्यक्ष प्रविना गुरुङ ,मातृ सॅस्थाहरू लालिंग तामांग – अध्यक्ष तामांग समाज बेल्जियम कल्पना मगर अध्यक्ष मगर संघ बेल्जियम इन्दिरा चाम्लिङ अध्यक्ष किरात राई सोसाईटी बेल्जियम बदन योगहांग अध्यक्ष किरात याकऱ्ऱ्थुम चुम्लुंग , सुर्य श्रेष्ठ अध्यक्ष पाशापुच , सरोज गौचन  अध्यक्ष थकाली सेवा समिति, शेर्पा समाजका महासचिब जेबि शेर्पा लगायतको बिशेष उपस्थित हुनुहुन्थ्यो ।

नेपालबाट आएका स्थापित गायक धन बहादुर गुरुङ साथै कमाल गुरुङ र लाहुरे  कान्छा , राजु तमु नेदरल्यान्ड लगायतले हजारौ दर्शकलाई झुमाएका थिए । स्थानिय कलाकारहरू रेमन घले, गॅुरास घले, गणेश घले र रचना गुरूङको प्रस्तुती निकै रहर लाग्दो थियो ।

सो ल्होसार कार्यक्रममा एनआरएन बेल्जियमका निबर्तमान अध्यक्ष सिता सापकोटा, नेपाल पत्रकार महासंघ युरोप र बेल्जियमअध्यक्ष केजिन राई, ओम शर्मा, तमु समाज फ्रान्स अध्यक्ष तकदिर गुरूंग, लक्जेम्बर्ग, नेदरल्यान्ड, पोर्चुगल लगायत देशबाट समेत पाहुना सरिक थिए ।

Leave a Reply