मोन्तिजो नेपाली समाजद्वारा मृतक तमाङद्वायको नाममा संकलित सहयोग रकम हस्तान्तरण

लिस्वन । मोन्तिजो नेपाली समाज पोर्तुगलले गत महिना निधन भएका टेकबहादुर तामाङ र धनबहादुर तामाङको शव व्यवस्थापनको लागि संकलित सहयोग रकम तामाङ समाज पोर्तुगलका अध्यक्ष गोपाल योन्जनलाई गत शनीवार एक कार्यक्रम गरी हस्तान्तरण गरेको छ ।

समाजले मोन्तिजो आसपासमा रहेका आम नेपाली समूदायमाझ सहयोग रकम संकलनको लागि करिब १ महिना अघि देखी अभियान संचालन गरेको थियो । अभियानबाट ५ हजार ७ सय ८१ युरो ४६ सेन्ट संकलन गरेको सचिव दीपेन्द्र कट्टेलले जानकारी दिए ।

संकलित उक्त रकम गत शनीवार मोन्तिजोमा एक कार्यक्रम गरी समाजका कार्यवहाक अध्यक्ष सोम गुरुङले मृतकद्वय धनबहादुर र टेकबहादुर तामाङको शव व्यवस्थापनको संयोजन गरीरहेको तामाङ समाज पोर्तुगललाई हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बोल्दै तामाङ समाज पोर्तुगललका अध्यक्ष गोपाल योञ्जनले समाजमा आइपर्ने यस्ता किसिममा भवितव्यहरुमा यहाँ रहेका नेपालीहरुमा सहयोगको भावना अत्याधिक रहेको भन्दै, मोन्तिजो क्षेत्रमा बसोबास गर्ने आम नेपालीहरुसंग समन्वय गरेर सहयोग रकम जुटाउन भुमिका खेलेकोमा मोन्तिजो नेपाली समाजलाई धन्यवाद दिए । त्यस्तै समाजका कार्यबहाक अध्यक्ष सोम गुरुङले हाम्रो अनुरोधलाई स्विकार गरी आफुले सकेको रकम सहयोग गर्ने सम्पुर्ण मोन्तिजो बासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

गत महिना सामुन्द्रिक खाना खोज्न जाने क्रममा धादिङ जिल्ला नेत्रावती डापजोङ ५ कटुञ्जे घर भएका धनबहादुर तामाङ र टेकबहादुर तामाङ समुन्द्रि गहिराहीमा परी वेपत्ता भएकोमा धनबहादुरलाई भोलीपल्ट र टेकबहादुरलाई करिब एक साता पछि मृत अवस्थामा पोर्तुगलको सामुन्द्रिक प्रहरीले फेला पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *