Home Login
प्रवास

तामाङ समाज माल्टाद्वारा २५६८औ बुद्ध जयन्ती मनाए

माल्टा । तामाङ समाज माल्टाले  विभिन्न कार्यक्रमसहित एमसिदा स्थित नमस्ते रेस्टुरेन्ट एन्ड बारमा २५६८औ बुद्ध जयन्ती भव्य रुपमा मनाइको छ ।

मानवमात्रका लागि सुख र शान्तिको जीवन बिताउन र भगवान बुद्धले दिनुभएको अनुपम शिक्षाका लागि उहाँप्रति कृतज्ञता चढाउन उहाँका शिक्षाबाट हामी आफूलाई पुनर्ताजगी गर्ने तथा यसको प्रचारप्रसार गरेर संसारकै मानिसलाई लाभान्वित गराऔँ भनेर सम्पूर्ण देश तथा बिदेशमा बस्नुहुने सम्पूर्ण नेपालि दाजुभाईहरुमा सुख शान्ति समृद्धिको कामना सहित बुद्ध जयन्तीको शुभकामना समाजको अध्यक्ष सुनिल दोङले दिनुभएको हो । कार्यक्रमकै क्रममा समाजको कोषाध्यक्ष पासाङ रुम्बा (सगुन) ले लामा मन्त्रबाट पुजा पाठ गरेको थिए । मन्तव्यमा सास्कृतिक बिभाग प्रमुख छिरिङ तामाङले सम्पूर्णमा सुख शान्ति सबैमा सदभाब रहोस भन्दै शुभकामना राखेका थिए ।

कार्यक्रममा  बुद्ध प्रसाद ग्रहण, त्यसपछि शुद्ध शाकाहारी भोजन सहित महासचिव अशिम लोप्चनले  बुद्ध जयन्तीको  महत्वबारे प्रकाश पारी आउँदो वर्ष पनि भव्य तथा हर्षोउल्लासकापूर्वक मनाउने जानकारी गराएपछि कार्यक्रम सम्पन्न भएको थियो ।

 

Leave a Reply