डेनमार्कमा अन्नपूर्ण एफसी अल्फा विजेता

डेनमार्क । जनसम्पर्क समिति डेनमार्कले जुलाई २० र २१ तारिख  फुटबल प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको छ ।

भाइचारा बढाउने र नेपाली समाजलाई बलियो बनाउने उद्देश्यले यस प्रतियोगिता गरेको थियो। यस ७-ए-साइड प्रतियोगिताको खेलमा १० वटा टिमहरूले सहभागिता जनाएका थिए ।

अन्नपूर्ण एफसी अल्फा प्रतियोगिताको विजेता बनेको थियो।उनीहरूको उत्कृष्ट प्रदर्शन रवि घलेद्वारा व्यवस्थापन गरिएको थियो र कर्मा शेर्पा प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित भएका थिए ।

विजेता टिमलाई ट्रफी, पदकहरू र ७५०० डेनिस क्रोनर नगद पुरस्कार प्रदान गरियोको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *