(खानीखोलाका बाढीपहिरो पीडित बालबालिकालाई नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलको सहयोग)
पोर्चुगल— नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलबाट खानीखोला गाउँपालिकामा अविरल वर्षाका कारण घरबार बगाएर समस्यामा परेका परिवारका विद्यालय जाने बालबालिकाहरुलाई लत्ताकपडा र स्टेशनरी सामग्री सहयोग गरेको छ।
खानीखोला निवासी रितु अधिकारीको सक्रियतामा उक्त रकम संकलन गरेको हो ,उनी जनप्रगतिशिल मञ्च पोर्चुगलमा आवद्ध रहेर काम गरिरहेकी छिन्।आफ्नो जन्मभूमिमा बाढीपहिरोले समस्या पारेकोले अधिकारीको सक्रियतामा संकलन भएको रकमबाट अति-प्रभावित क्षेत्रमा रहेका विद्यालय जाने ३० जना बालबालिकाहरुलाई सहयोग स्वरुप विद्यालय पोशाक (सर्ट र पाइन्ट)को लागि कपडा र कापी सिसाकलम र डटपेन लगायतका शैक्षिक सामग्री उपलब्ध गराएको जनप्रगतिशिल मञ्च पोर्चुगलका अध्यक्ष सीता ढकाल सुवेदीले बताइन्।