Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

प्रवास

बेल्जियमका मेयरले भने बेल्जियमको राजनीतिमा नेपालीले सहभागिता बढाऊन पर्छ

(नेपाल झल्काउने माऊन्ट एभरेष्टपथ ,बुद्धमार्ग र नेपाली चौतारी र साँस्कृतिक गृह बनाऊन आगामी अप्रिल महिना पछी आबश्यक निर्णय गरिने)

केजिन राई
२९ अक्टोबर ,लुभेन बेल्जियम — बेल्जियम स्थित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले आज बधाई ज्ञापन गर्दै भेटघाट कार्यक्रम गरेको छ ।

शैक्षिक नगरीको रूपमा युरोपभर परिचित लुभेन नगरपालिकामा मेयर रूदबानी दोश्रो कार्यकालका लागि निर्वाचित भएसंगै पहिलो पटक नै नेपाली समुदायसंग भेटघाट गरेको हो ।

निर्वाचनमा आफू र आफ्नो पार्टीलाई अग्रपंत्तीमै रहेर सहयोग गरेकोमा समेत धन्यबाद दिए ।नेपाली समुदायको तर्फबाट बधाई ग्रहण गर्दै  मेयर रूदबानीले निबोचनपूर्व गरेका नेपाली समुदायका मुलभूत मागहरूको कार्यान्वयन प्रकृया नगर परिषदबाट आऊदो अप्रिल महिना पछी थाल्ने बताऊनु भयो ।

आगामी डिसेम्बर २ तारिख सपथ ग्रहण पश्चात सबैको सहकार्यमा नेपाल र नेपालीत्व झल्कने मागहरूलाई प्राथमिकतामा राखेर अघि बढिनेछ मेयर रूदबानीले भन्नुभयो।


लुभेन क्यासेल्लो वा आसपास क्षेत्रमा नेपाली चौतारी निर्माण , बुद्ध मार्ग वा माऊन्ट एभरेष्ट पथ (स्त्रात ) नामाकरण नया ठाऊको नामाकरणमा चाही सजिलो तर पुरानो भैरहेकोमा परिवर्तन चाही अलि जटिल हुन्छ ।

यही राजनैतिक दलबाट यसपटकको निर्बाचनमा नयाँ इतिहास रच्दै पहिलोपटक प्रत्यक्ष रूपमा नेपाली सुर्य ढकालले बिजय हासिल गरि नेपालीको आउने पुस्ताका लागि ढोका खुला गरेको छन् ।

आगामी अप्रिल महिना पछी मिति तय भैनसकेको भएपनि  नेपाल र बिभिन्न क्षेत्र नगर हिमाल भ्रमण अफिसियल रूपमा हुने जानकारी दिनु भयो।

सरकारी भ्रमण पारित भै निश्चित भै सकेको छ ।अन्य आबश्यक गृहकार्य सचिबालयले गरिरहेको छ मेयर रूदबानीले उत्साहित र हर्षित मुद्रामा भन्नु भयो नेपाल भ्रमण मेरो लागि अहोभाग्य हो ।

बाग्लुंग नगर प्रमुख बसन्त कुमार श्रेष्ठ नोभेम्बर अन्तिमसाता लुभेन आऊदै हुनुहुन्छ । यही पनि भेट हुन्छ ।

लुभेन नगरको ५ सय गाडी पार्किंग क्षमताको सबैभन्दा ठूला-ठूला कन्सर्ट , मेला ,फेष्टिभल हुने स्थल “इन्डोर ब्राबान्थल “ निशुल्क ,सितैमा नेपाली समुदायलाई प्रयोगमा दिने बताऊनु भयो ।

भेटघाट कार्यक्रममा नेपाली समुदायका प्रतिनिधीहरू नेपाली ब्यबशायी संघ बेल्जियम अध्यक्ष चिरण कुमार खवास ,गैर आवासीय नेपाली सॅघ बेल्जियम पूर्ब अध्यक्षद्वय गंगाधर गौतम र खडक बहादुर केसीले नेपाली समुदायको लागि निकै खुसिको कुरा भएको बताउनु भयो ।

नेपाल फुड फेष्टिभल गर्न ३ दिनको बिजुली , पानी , ग्यास बाहेक ४५ हजार शुल्क लाग्ने “ इन्डोर ब्राबान्थल “ मा साकिरा जस्ता चर्चित कार्यक्रम , कोरोना पेन्डामिकमा सबैलाई कोरोना खोप दिईएको सो स्थलमा गएको हप्ता अमेजोन, जोलान्दो ,बोल लागायत प्रख्यात कम्पनीहरूले प्रदर्शनी गरेको थियो ।

युरोपकै सफा नगरको रूपमा पुरस्कृत लुभेन नगरपालिका बिश्वब्यापी रूपमा बिश्वबिध्यालय र बिध्यार्थीको शहरको नामले समेत परिचित छ जहा हजारौको संख्यामा नेपालीमूलका मानिस स्थायीरूपमा बसोबास गर्दै आईरहेका छन । यहाँ सम्मकी Poortveldstraat,Gementestraat लगायत मार्गहरूमा लहरै २०देखि ४० घर सम्म नेपालीहरूले स्थायी रूपमा निजीनिवास ग्रहण गरेर बस्दै आएका छन ।

एकसय ७० भन्दा बढी मुलुकका बासिन्दा रहेको र ठूलो संख्यामा ब्यापार – ब्यबशायमा समेत संलग्न नेपाली रहेको लुभेनमा नेपाली सांस्कृतिक केन्द्र वा सो को लागि खरिद गर्न उपयुक्त जग्गा खोजिको कार्य समेत नेपाली समुदायको पॅाचबुदे तत्कालिन एवंम दीर्घकालिक मागहरु रहेका छन ।

लुभेन र नेपालको बाग्लुंग नगरपालिका बिचको भगिनी सम्बन्ध स्थापना ,नेपाली नृत्य, भाषाकक्षाहरूको लागि उपयुक्त एउटा स्थल निर्माण गर्न अनुरोध गरिएको छ ।

मेयर रूदुवानीसंग  चौथौ र पॅाचौ मागपत्रमा लुभेनको एउटा सडकको नाम, उदाहरणका लागि, एभरेष्ट स्ट्रीट, बुद्ध स्ट्रीट, वा लुम्बिनी स्ट्रीट गरिदिन तथा नेपालबाटै बर-पिपल ल्याएर रोप्न र नेपालको प्यास मेटाऊने स्थलको रूपमा नेपाली चौतारी बनाऊन उपयुक्त स्थान अनुदान या खरिदको निम्ति पुन आग्रह गरिएको छ ।

अक्टोबर १३ मा सम्पन्न स्थानीय निकायको निर्बाचनमा मेयर रूदबानीको  Vooruit भुरईत अग्रगामी पार्टीले एकल बहुमतका लागि १ सिट अपुग सहित कुल मतको ४१.७ प्रतिशत  पाएको थियो ।

बिगत दशौ बर्ष देखि नेपाली समुदाय मार्फत नगरपालिकासंग बिभिन्न खाले कार्यक्रमहरु सहकार्यमा गरिदै आएको र समुदायले आफ्नो तर्फबाट बिभिन्न मागहरु सार्वजनिक सभा सम्मेलन एवंम नगरपालिकामा प्रतिनिधि मार्फत भेटघाटद्वारा जानकारी गराउदै आएका छन ।तर यस्को कार्यान्वयन र अगाडी बढाउने प्रकियामा औपचारिक रूपमा समुदायको तर्फबाट सामुहिक हस्ताक्षर सहित हस्तान्तरण गरेको भने पहिलो पटक हो । यस्को सम्बोधन हुनेमा सबै आशाबादी रहेका छन ।


उक्त अवसरमा बाग्लुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठद्वारा हस्ताक्षरित बाग्लुङ नगरपालिका र लुभेन नगरपालिका बिच भगिनी सम्वन्ध स्थापित गरेर बिकास निर्माण, आपसी भाईचारा, पर्यटन प्रवर्धन, एबम दुई नगर बिच सामाजिक सद्भाव कायम गर्ने उद्देश्य सहितको पत्र बाग्लुङ समाज बेल्जियम अध्यक्ष महेन्द्र पन्त र सिङ्गो समुदायको तर्फबाट नगर प्रमुखलाई हस्तान्तरण केही समय पहिला नै गरेको छ ।

बेल्जियममा बिषेशत लुभेनमा बसोबास गर्ने नेपाली संघ संस्थाका अध्यक्ष एवंम प्रतिनिधिहरू सहाभागी भेटबार्तामा समुदायको तर्फबाट एनआरएनए अन्तराष्ट्रीय समन्वय परिषद उपाध्यक्ष  ,एनआरएनए बेल्जियम पूर्ब अध्यक्ष गंगाधर गौतम ,एनआरएनए बेल्जियम निबर्तमान अध्यक्ष खडक बहादुर केसी, गैर आवासीय नेपाली संघ बेल्जियमका महासचिव रूबिना शर्मा , नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवास, अन्तर्राष्ट्रिय पर्बत समाजका निवर्तमान अध्यक्ष झलक केसी, नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राई, बाग्लुङ समाज वेल्जियमका अध्यक्ष महेन्द्र पन्त, आईटी बिज्ञ प्रशान्त शर्मा लगायत भेटमा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *