अक्टोबर ३० बुधबार — साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औं मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गर्नुभयो।
बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।
पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध दोस्रो हाफको ५२ मिनेटमा बंगलादेशका मोनिका चक्माले पहिलो गोल गर्नुभएको थियो।
त्यसको चार मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काउनुभएको थियो। तर पुनः ८१ मिनेटमा नेपालका गोलकिपर एन्जिला तुम्बापो लिम्बुको बचाउने प्रयास अफल हुँदा नेपालले उपविजेतामा चित्त बुझाउनु परेको हो।
Please follow and like us: