पोर्चुगल

दोलखाका राजन श्रेष्ठको पोर्चुगलमा निधन

पोर्चुगल — दोलखा जिल्ला तोम्चेक दुधपोखरी– १ , ३१ वर्षका राजन श्रेष्ठको पोर्चुगलको मोन्तिमोर नोवोमा शुक्रवार आफनै कोठामा आगो बाली (कोइलाबाट आगो बाली) सुतेको र निसासिएर अकास्मिक निधन भएको छ ।

उक्त घटना गए शुक्रबार राति भएको हो।एउटै कोठामा सँगै आगो बाली सुतेको साथी हेलम्बु – १ सिन्धुपालचोकको पासङ दावा लामा चाहिँ बाँच्न सफल भएका छन् भने उनको अहिले उपचार भइरहेको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योन्जनले बताए।

उक्त घटना घटिसकेपछि मृत्यु हुने श्रेष्ठको परिवार तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योन्जन सँग सम्पर्कमा आएका छन्।परिवारको भनाई अनुसार आर्थिक अवस्थाले कमजोर रहेका श्रेष्ठ लिगल्ली रुपमै काम गरिरहेको र उनको बायोमेट्रिक समेत भइसकेको हामीले जानकारी प्राप्त गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *