Home Login
पोर्चुगल

पोर्चुगलको पेगोईसमा पहिलो पटक सोनाम ल्होछार मनाउँदै

पोर्चुगल — मन्जुश्री सम्बत २८६१ औेँ ( डुल ल्हो ) सोनाम ल्होछारको अबसरमा पोर्चुगलको पेगोईसमा तामाङ समाज पेगोईसको सक्रियातामा सोनाम ल्होछार शुभकामना आदनप्रदान कार्यक्रम हुने भएको छ।

युरोपेली मुलुक पोर्चुगलको पेगोईसमा बसोबास गर्दै आइरहेको तामाङहरुको अग्रसरतामा ९ जनाको आयोजक समिती रहेको तामाङ समाज पेगोईसको सक्रियातामा उक्त कार्यक्रम मनाउने भएको हो।

तामाङ भेषभुषामा सजिएर , पौरणिक खानपिन तथा बिभिन्न सास्कृतिक कार्यक्रमहरुको साथमा मनाउने सो कार्यक्रम निकै नै पृथक र बिषेश हुने कार्यक्रम आयोजक समितिको एक अभियन्ता रमेश लामाले बताए।

उक्त क्षेत्रमा रहनु हुने व्यावसायिक, समाजसेवी तथा अग्रजहरूलाई सम्मान गर्दै ल्होछार सम्बन्धी केहि सन्देशमुलक कार्यक्रमहरु पनि रहेको आयोजकले जनाए।

आयोजक समितीमा सघर्ष लामा , रमेश लामा, तेन्जिङ लामा, डेभिट लामा, मन्बिर लामा, रमेश तामाङ, चरिमाया तामाङ, पुष्पा घले तामाङ र सुकु तामाङको आयोजनामा हुने उक्त कार्यक्रममा गैर तामाङहरु पनि उपस्थित हुन सक्ने र कला समेत प्रदर्शन गर्न सक्ने आयोजक समितिकी एक सकृया सदस्या पुस्पा घले तामाङले बताइन्।

Leave a Reply