चलचित्र

चलचित्र कार्साङ माल्टामा प्रदर्शन हुदै

अशिम लोप्चन।

माल्टा — दयाहाङ राई स्टारर फिल्म ‘कार्साङ’ निर्देशक यम शेर्पाद्वारा निर्देशित, युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने भएको छ। नेपालमा पौष २६ गते रिलिज हुने यो चलचित्र जनवरी १७ र १८ मा माल्टाको ग्यालेरिया सिनेमा (Fgura) हलमा प्रदर्शन हुने भएको छ।

‘नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौं’ भन्ने उद्देश्यका साथ स्थापना भएको मग्वार्ट प्रोडक्सनले माल्टामा विभिन्न नेपाली चलचित्र प्रदर्शन र कार्यक्रमहरू गर्दै आएको छ।

उक्त चलचित्र माल्टामा प्रदर्शन गर्न लागेको संयोजक गणेश लामिछानेले  युरोपाटि न्युजलाई जानकारी दिए। उनका अनुसार, माल्टामा बस्ने दर्शकहरूको मागका कारणले यो चलचित्र प्रदर्शन गर्न लागिएको हो।

चलचित्र हेर्नको लागि टिकटको आवश्यकता पर्ने भएकोले, टिकटका लागि सिधै यो लिङ्कबाट बुकिङ गर्न सकिनेछ।

टिकटको लागि प्रति व्यक्ति १० युरो रहेको छ भने तीनजनाको समूहमा आउनेले विशेष छुट पाउने पनि संयोजक लामिछानेले जानकारी दिएका छन्।

चलचित्र कार्साङमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, सुरवीर पण्डितको अभिनय रहेको छ।

थप जानकारी पोस्टरबाट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *