पोर्चुगल

राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती दिवस पोर्चुगलमा पनि मनाइयो

पोर्चुगल— राष्ट्रिय एकता तथा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाह को ३०३ औं जन्मजयन्ती को अवसरमा पोर्चुगल स्थित दर्शन नेपाल रेस्टुरेन्टको सभाहलमा  ठकुरी समाज पोर्चुगल र सहृदयता अन्तरास्ट्रिय पोर्चुगलको संयुक्त आयोजनामा बृहत् कार्यक्रम सम्पन्न भएको छ ।

ठकुरी समाज पोर्चुगल का अध्यक्ष सज्जन हमाल को अध्यक्षतामा  सन्चालित कार्यक्रममा ठकुरी समाजका सल्लाहकार एकिन्द्र हमाल , रमेश मल्ल  साथै महासचिव सागर शाह (एन जि) सचिव धुर्व ठकुरी  लगायत सम्पुर्ण पदाधिकारी ,एनआरएनए पोर्चुगलका उपाध्यक्ष सुनिल मल्ल ,सहृदयता अन्तर्राष्ट्रिय पोर्चुगलका प्रतिनिधि अभियन्ता भिमकान्त पौडेल ,शेर बहादुर जि.सि  गुल्मी समाज पोर्चुगलका उपाध्यक्ष चुमान सिंह ठकुरी , नेपाल बाग्मती प्रदेश पर्यटन प्रवर्द्धक छिरिङ शेर्पा साथै विभिन्न क्षेत्र सँग सम्बन्धित भद्र ब्यक्तित्व र सफल ब्यवसायी मिनराज कंडेल समेतको उपस्थिती रहेको थियो।

कार्यक्रममा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरि उहाँलाई सम्मान  र श्रद्धा सुमन अर्पण गरिएको थियो।

कार्यक्रममा बोल्ने बक्ताले उहाँलाई सम्झिनुपर्ने कारण उक्त अवस्थामा नेपाल राज्य एकीकरणका चुनौती  भौगोलिक सामरिक अबस्था र विश्वमा भैरहेका शक्ति राष्ट्र हरुको उपनिवेशता र त्यसबाट यस हिम्मत खण्ड बचाउनका लागि बाइसे चौविसे राज्य लाई एक बनाई बलियो स्वाधीन ,सार्वभौम र स्वतन्त्र राज्य निर्माणका लागि गर्नु भएको  योगदान र पछि राज्यले अपनाउनुपर्ने नीति बारे दिनुभएको दिब्य उपदेशको चर्चा समेत गर्नुभएको थियो।

कार्यक्रममा ठकुरी समाज महासचिव सागर शाह , सचिव धुर्व ठकुरी र छिरिङ्ग शेर्पाले समय सान्दर्भिक शुभकामना मन्तब्य राख्दै यस दिन लाई हरेक नेपालिले गौरवपुर्ण एकता दिवसका रुपमा मनाउनु पर्ने धारणा ब्यक्त भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *